समाचारमा बालबालिका

थप दुई शिक्षकमाथि यौन दुर्व्यवहार आरोप

लगनखेलस्थित ललितपुर माविका शिक्षक सुमन्त ‘सुमन’ केसी र गोकुल शर्मालाई यौन दुर्व्यवहारको आरोप लागेको छ । त्यहाँका पूर्वछात्राले थप दुई शिक्षकले गरेको दुर्व्यवहारबारे ‘दि काठमान्डु पोस्ट’ दैनिकमार्फत सार्वजनिक गरेका हुन् । यसअघि यौन दुव्र्यवहार आरोप लागेका गणित शिक्षक बोधराज त्रिपाठीलाई केही दिनअघि मात्रै व्यवस्थापन समितिले निलम्बन गरी कानुनी कारबाही अघि बढाएको छ।

२०७५ माघ २४ गते ९:४५ मा प्रकाशित