समाचारमा बालबालिका

विद्यार्थी नै पढ्छन्, पढाउँछन्

विद्यालयका कक्षाकोठामा शिक्षक के गर्छन् रु धेरैलाई लाग्छ– विद्यार्थी पढाउँछन् । विद्यार्थी पढ्छन् वा शिक्षकले पढाएको सुन्छन् । रूपन्देहीका केही विद्यालयले भने शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने चलन फेरेका छन् । विद्यार्थी नै पढ्छन् । विद्यार्थी नै पढाउँछन् । शिक्षक सहयोगी मात्रै बन्छन् । बुटवलका कालिका मानवज्ञान मावि, नवीन औद्योगिक कदरबहादुर रीता मावि, कान्ति मावि, तिलोत्तमाको शान्ति नमुना माविलगायतले यस्तो अभ्यास गरेका हुन् । यसले सिकाइ उपलब्धि बढाउन सहयोग पुगेको छ । परीक्षामा यी विद्यालयले जिल्ला र प्रदेशमा मात्रै होइन, देशमै नमुना नतिजा ल्याएका छन् । विद्यालयले हरेक कुरालाई प्रयोगात्मक अभ्यासमा लैजान्छन् । विद्यार्थीकै अगुवाइमा विद्यार्थीबीच प्रतिस्पर्धाबाट सिकाउँछन् । यसो गराउँदा विद्यार्थी सिक्न जागरुक हुन्छन् । सिकाइ दिगो र प्रभावकारी हुन्छ । कालिका मानवज्ञान माविका प्रधानाध्यापक घनश्याम पाठकले अनुभव कक्षामा शिक्षकको भूमिकालाई सहयोगीका रूपमा मात्रै ढालेको बताए । ‘हरेक कक्षामा ५ देखि ७ वटा समूह बनाएका छौं । एक समूहमा ७ जना विद्यार्थी हुन्छन्,’ उनले भने, ‘तिनै समूहले शिक्षकको सहयोगमा पालैपालो कक्षा चलाउँछन् र नजानेको कुरा अभ्यास गर्छन् ।’ विद्यालयले हरेक कक्षामा प्रोजेक्टर राखेको छ । स्मार्ट कार्डको प्रयोग गरिएको छ । यसले पनि कक्षाको सिकाइ प्रभावकारी बनेको प्रधानाध्यापक पाठकको दाबी छ । प्रधानाध्यापक पाठकका भनाइमा विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न साताको २ दिन लाइब्रेरीमा लगिन्छ । त्यहाँ उनीहरूले आफ्ना रुचिका पुस्तक पढ्छन् । इमेल र इन्टरनेट चलाउँछन् । प्रत्येक कक्षामा विद्यार्थीद्वारा सञ्चालित सदन छन् । उनीहरूको अगुवाइमा फ्रत्येक साता अतिरिक्त त्रियाकलाफ हुन्छन् । विद्यालयस्तरमा १० वटा सदन छन् । सदनले नियमित अक्तिरित्त क्रियाकलाप गर्छन् । विद्यार्थी विद्यालयभित्र र बाहिर हुने विज्ञान प्रदर्शनीदेखि कला प्रदर्शनीसम्ममा सहभागी हुन्छन् । खेलकुद, वक्तृत्वकला र हाजिरी जवाफमा यहाँका बालबालिकाले थुप्रै पुरस्कार जितेका छन् ।

शिक्षकलाई समयमा विद्यालय आउने बनाउन डिजिटल हाजिरीको व्यवस्था गरिएको छ । १० बजेको घण्टी लागेपछि विद्यार्थी र शिक्षक दुवैले विद्यालयमा प्रवेश पाउँदैनन् । समयमा विद्यालय नआउने शिक्षक र विद्यार्थी त्यो दिन घर फर्किनुपर्छ । यसको अनुगमन पनि शिक्षक र विद्यार्थी दुवैले गर्छन् । अनुशासन र कर्तव्य पालनाले मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने भएकाले यसो गरेको प्रधानाध्यापक पाठकले बताए । ‘हरेक नियम विद्यार्थीलाई पढाउने होइन, सिक्ने सिकाउने र आनीबानी सुधार्ने दृष्टिकोणबाट बनाएका छौं,’ उनले भने, ‘यसले विद्यार्थीलाई मिहिनेती, लगनशील र अनुशासित बनाउनसमेत सहयोग पुगेको छ । विद्यार्थीलाई नै अग्रसर बनाएर सिकाउन सुरुवात गरेको अर्को विद्यालय हो, नवीन औद्योगिक कदरबहादुर रीता मावि । यहाँ विद्यार्थी पढ्दैनन् । समूह बनाएर सिक्छन् । शिक्षकबाट विद्यार्थीको मूल्यांकन हुन्छ । विद्यार्थीबाट समेत शिक्षकको मूल्यांकन हुन्छ । विद्यार्थीबाटै पृष्ठपोषण दिन लगाइन्छ र त्यही पृष्ठपोषणका आधारमा शिक्षकको सिकाइ विधि सुधारिन्छ । कक्षाकोठाको सिकाइ विधिमा मात्रै होइन विद्यालयका अन्य गतिविधिमा पनि विद्यार्थी नै अनुगमन गर्छन् । यसका लागि शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थाफन समिति र विद्यार्थीबाट संयुक्त अनुगमन टोली बनाइएको छ । विद्यालयमा बालक्लब छ । हरेक कक्षामा सदन छन् । तिनै सदनले सिकाइ त्रियाकलाप गर्छन् । विद्यार्थी बस्ने स्थान हरेक दिन रोटेसन हुन्छ । हरेक क्रियाकलापमा हरेकलाई अवसर दिइन्छ । जानेका विद्यार्थीले नै नजानेकालाई सघाउँछन् । त्रुटि पत्ता लगाउन र समाधान गर्न पनि विद्यार्थी नै जुट्छन् । प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयलाई बालमैत्री, विद्यार्थीमैत्री र सिकाइमैत्री बनाउन यसो गरिएको बताए । ‘यसले विद्यार्थीलाई हरेक कुरा सिक्न उत्प्रेरित गरेको छ । सिकेको कुरा सम्झिरहने बनाएको छ,’ उनले भने, ‘शिक्षकलाई पनि विद्यार्थीलाई पढाउन र बुझाउन धेरै बल प्रयोग गर्नु परेको छैन ।’ विद्यालयमा चकको प्रयोग हुन छाडेको छ । कलम र डस्टरको साटो प्रोजेक्टरको प्रयोग बढेको छ । हरेक कक्षामा शैक्षिक सामग्रीको प्रयोग गरिन्छ । कतिपय शैक्षिक सामग्री विद्यार्थी आफैंले बनाउँछन् । विद्यालयमा ठूलो र व्यवस्थित पुस्तकालय छ । सुविधायुक्त वाईफाई छ । विद्यार्थी इन्टरनेटबाट नयाँ कुरा सिक्छन् । विद्यार्थी रीतिका मण्डलले ई–लाइब्रेरी, इन्टरनेट र शैक्षिक सामग्रीको प्रयोगले विद्यालयमा सिक्न रमाइलो लाग्ने बताइन् । ‘सरले पढाउने मात्रै, हामीले किताब घोक्ने वा प्रश्नोत्तर पढ्ने मात्रै हुँदा पढ्न जाँगर नै लाग्दैनथ्यो,’ उनले भनिन्, ‘आफैंले खोज्दै सिक्दै र जान्दै गर्न पाउँदा पढाइमा अल्छी लाग्न छाडेको छ ।’ न्यूनतम सिकाइ नसिक्ने विद्यार्थीलाई बिहान र साँझको समयमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । ‘यस्तो कक्षामा पनि शिक्षकले विद्यार्थीलाई सहजीकरण मात्रै गर्ने हो,’ शिक्षक राजन अधिकारीले भने, ‘विद्यार्थी आफैंले सिक्ने अभ्यास गर्छन् । डर, धम्की र रटानले मात्रै सिकाइ उपलब्धि बढाउन नसकेपछि शान्ति नमुना माविले विद्यार्थी केन्द्रित सिकाइ थालेको छ । विद्यालय पढ्ने पढाउने मात्रै नभई सिक्ने सिकाउने थलोका रूपमा विकास भएको प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताए । कक्षा शिक्षकको सट्टा विद्यार्थीलाई केन्द्रमा राखेर सञ्चालन हुन्छ । विद्यार्थीको रुचि र सक्रियतामा कक्षा योजना बन्छ । विद्यार्थीलाई सिक्ने जिम्मेवारी हाम्रो हो भन्ने बनाइन्छ । शिक्षक र विद्यार्थीबीच डर हुँदैन । दूरी पनि हुँदैन । साथीको व्यवहार हुन्छ । ‘धेरैजसो विद्यार्थीले समस्या ल्याउँछन् । शिक्षकले समाधान गरिदिन्छन्,’ प्रधानाध्यापक लामिछानेले भने, ‘कहिले शिक्षक आफैंले समस्या सिर्जना गरिदिन्छन् र विद्यार्थी समाधानको अभ्यास गर्छन् ।सिकाइ प्रभावकारी बनाउन शिक्षक आफूले गर्ने कामको वार्षिक कार्ययोजना बनाउनुपर्ने नियम छ । यो योजनामा पुग्न दैनिक पाठयोजना बनाउनुपर्छ । योजना बनाएर मात्रै कक्षामा जानुपर्छ । कुनै पनि कक्षा खाली गर्न नपाइने नियम छ । आराम कक्षा भएका शिक्षक भए पनि जानुपर्छ । ‘योजनाविहीन कक्षा र उपलब्धिविहीन पढाइले विद्यार्थीलाई मिहिनेती बनाउन र शैक्षिक उपलब्धि हासिल गर्न सकिँदो रहेनछ,’ उनले भने, ‘यसैलेविद्यार्थीलाई सिक्ने र शिक्षकलाई सिक्न सघाउने भूमिकामा राखेका हौं । आफ्नै सक्रियतामा कक्षा चल्ने र सिकाइ हुने भएपछि विद्यार्थी पनि पढाइप्रति सजग र जिम्मेवार हुन थालेका छन् । अर्कोदिन कक्षामा पढाउने विषय अघिल्लो दिन नै घरमा तयारी गर्न थालेका छन् । नवीन औद्योगिक कदरबहादुर रीता माविमा कक्षा ९ का छात्र डेनिश गाहले आफ्नो समूहको प्रस्तुति प्रभावकारी बनाउन पूर्वाभ्यास गरेर मात्रै कक्षामा जाने बताए । ‘अर्को समूहले सिकाउँदा उसको गल्ती भेट्टाउन सकिन्छ कि भनेर ध्यान दिन्छौं,’ उनले भने, ‘आफूले पढाउँदा साथीले गल्ती भेट्टाउँछन् कि भनेर अझ बढी ध्यान दिन्छौं ।’ यसले सिक्न र सिकेको कुरा सम्झन सजिलो भएको उनले बताए ।शिक्षा तथा समन्वय इकाइ अधिकृत हरि विष्टले विद्यार्थी केन्द्रित सिकाइ पद्धति शैक्षिक उपलब्धिको ठूलो आधार भएको बताए । शिक्षकलाई एकोहोरो पढाउन र विद्यार्थीलाई रटाउन दिने पद्धति फेर्न अन्य विद्यालयमा समेत यसको सिको गर्न आग्रह गरेको उनले बताए । शिक्षकको काम सिकाइमा रुचि जगाइदिने र विद्यार्थीलाई समस्या समाधान गर्न प्रेरित गर्ने हो,’ उनले भने, ‘यी विद्यालयले त्यसैलाई पछ्याउँदा शैक्षिक फड्को मारेका छन् ।

२०७५ फागुन ३० गते १०:३६ मा प्रकाशित