A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session165l9vbcss45hccqpmfh06jl7m66115b): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आजदेखि एसईई परीक्षा, साढे २९ हजार सुरक्षाकर्मी परिचालन

 यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० आइतबारबाट सुरु हुँदैछ। परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ। २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए। परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा नियन्त्रक विष्णु अधिकारीले शैक्षिक सत्रमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्था भएकाले सो हाजिरी नपुगेका कतिपय विद्यार्थी परीक्षामा सम्मिलित हुन नपाउने भएकाले सहभागी हुने भनिएका परीक्षार्थीको सङ्ख्या घट्न सक्ने बताए। नियमिततर्फ चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन्। उनका अनुसार देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ। यसपटकबाट सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छवटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ। संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र हुनेछ। परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन हुनेछन्। तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन्। यस वर्षबाट एसईई परीक्षा प्रदेशमार्फत सञ्चालन हुने भनी सरकारले घोषणा गरे पनि सङ्घीय सरकारले हस्तान्तरण नगरेको र प्रदेशले सञ्चालनका लागि चासो नदिएकाले सङ्घमार्फत परीक्षा सञ्चालन गरिएको छ।

२०७५ चैत १० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: