A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnsa6br0b3puaklvuq2is0lu8d68up7ee): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एसईई : प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि, आजको परीक्षा रद्द

एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएको छ । बिहीबार रातिदेखि नै सामाजिक सञ्जालमा प्रश्नपत्र भाइरल भएको थियो । सामाजिक सञ्जालमा भाइरल भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो । बोर्डले साढे ७ बजे प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्न पत्र आउट भएको पुष्टि गरेको थियो । कार्यालयका उप नियन्त्रक चेतनाथ शर्माले प्रश्न पत्र आउट भएको पुष्टि पछि प्रदेश २ को शुक्रबारको परीक्षा रद्द गरिएको जानकारी दिए। उनले भने, सामाजिक सञ्जालमा रातिदेखि नै प्रश्नपत्र आउट भएको पोष्टहरु भाइरल भएको थियो। त्यो पुष्टि पनि भयो। हामीले आजको परीक्षा रद्द गरेका छौं। तर अर्को परीक्षा कहिले गर्ने भन्नेबारे मिति केहीबेर पछि निर्णय हुनेछ।ु शर्माका अनुसार ग्रेडबृद्धिकोपरीक्षा भने यथावत रहेको बताए।उनले भने, नियमिततर्फको परीक्षामात्रै रद्द भएको हो। ग्रेडबृद्धि गर्नको लागि परीक्षा दिइरहेका परीक्षार्थीहरुको भने जाँच हुन्छ। रातो कागजमा छापिएको प्रश्नपत्र सहित सामाजिक सञ्जालमा बिहीबार रातिदेखि नै प्रशस्तै पोष्टहरुगरिएको थियो। उक्त प्रश्नपत्र सक्कली हो वा नक्कली पुष्टि हुन शुक्रबार बिहान साढे ७बजेसम्म कुर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएकोथियो। प्रश्नपत्र बाहिएको हल्ला चलेपछि बोर्डको आकस्मिक बैठक पनि डाकिएकोथियो। प्रश्नपत्र बनाउन संलग्न विषय विज्ञहरु सहितको बैठक डाकिएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिएका थिए। परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडी केन्द्रीय परीक्षा समन्वय समितिले प्रश्नपत्र खोलेर हेर्न पाउने प्रावधान छ। एसईई परीक्षा ८ बजेबाट सुरु हुन्छ। बिहान साढे ७ बजे प्रश्नपत्र हेरेपछि मात्रै आउट भए नभएको पुष्टि हुने अधिकारीले बताए। ‘प्रश्नपत्र बाहिरिएको हल्ला आएको छ,’ उनले भने, ‘हामीले तयार गरेर पठाएको प्रश्न र आउट भएको भनिएको प्रश्नपत्र तुलना गरेपछि मात्र त्यसको पुष्टि हुन्छ।’ त्यसका लागि केहिसमय धैर्य गर्नुपर्ने कार्यालयले जनाएको छ। त्यसअघि सम्म परीक्षाको तयारीमा जुट्न अधिकारीले सबैलाई आग्रह गरेका छन्। परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अघि परीक्षा केन्द्रमा केन्द्राध्यक्ष प्रश्नपत्र खोल्न पाउने प्रावधान छ। सेकुरेटी प्रेसमा छापिएको प्रश्नपत्र सिलबन्दी गरेर परीक्षा केन्द्रहरुमा पुर्‍याइको हुन्छ। बिहीबार प्रदेश नम्बर २ को विज्ञान विषयको प्रश्नपत्र पनि परीक्षा सुरु हुनु अगावै बाहिरिएको थियो। सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरएको सूचना पाएपछि बोर्डले प्रदेश २ को उक्त विषयको परीक्षा रद्द गरेको छ। बोर्ड र प्रदेश सरकारले छानविनका लागि छुट्टाछुट्टै समिति बनाएका छन्। चैत २२ गतेलाई परीक्षा तालिका तोकिएको छ।

२०७५ चैत १५ गते ७:०१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: