A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionp0jraahpoidprjtumairj5qg7be0khhj): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एसईई: ग्रुपच्याटबाट चिट

एसईई परीक्षाअन्तर्गत सप्तरीमा अझै पनि चिट रोकिएको छैन । विभिन्न परीक्षा केन्द्रमा विद्यार्थीले फेसबुकमा ग्रुप बनाई च्याटका माध्यमबाट चिट चोराउने कार्यलाई अझै निरन्तरता दिइरहेको पाइएको छ।परीक्षाको अनुगमनका गएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित विभिन्न सरकारी अधिकारीको टोलीले जिल्लाका केही परीक्षा केन्द्हरूमा अनियमितता भईरहेको पाएको छ । बुधवार सप्तरीमा एक केन्द्राध्यष निकालिएका छन् । चारजना नक्कली कार्यालय सहयोगी र आठ विद्यार्थी पक्राउ गरिएका छन् । एसईई परीक्षाको तेश्रो दिन बुधवार जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट आठजना विद्यार्थीलाई चिट चोराउने कार्यमा संल्गन रहेको आरोपमा पक्राउ गरिएको पौडेलले जानकारी दिए । जिल्लाको हनुमाननगर र रायपुरपरीक्षा केन्द्रवाट ती विद्यार्थीलाईपरीक्षा मर्यादा विपरित कार्य गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रजिअ पौडेलले जनाए । पक्राउ गरिएका विद्यार्थीहरूको बुधबारपरीक्षा रद्ध भएको छ । पक्राउ गरिएका विद्याथीृहरूलाई दिउसो कागज गराई छोडिएको छ । यसैगरी सप्तरीको बनरझुलास्थित ककिझौ माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्षसहित पाँच जनालाई बुधवार हटाई कानुनी कारबाही सुरु गरिएको छ । उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामअबतार गुप्तामाथि कानुनी कारबाही सुरु गरिएको छ । यस्तै नक्कली कार्यालय सहयोगी रामन्दरप्रसाद चौधरी, रामानन्द चौधरी, लगेन्द्रप्रसाद चौधरी र देवनारायण मण्डललाई पक्राउ गरिएको छ ।उनीहरूमध्ये दुईजना बिएससी पास गरी संस्थागत विद्यालयमा शिक्षक भएर काम गर्दै आएका व्यक्ति हुन् । चिट चोराउनका लागि उनीहरू कार्यालय सहयोगीको परिचय भिरेर परीक्षा केन्द्रमा रहँदै आएका थिए । ‘केन्द्राध्यक्ष गुप्तासहित अन्य चारै जनामाथि कानुनी कारबाहीको प्रक्रिया सुरु गरेका छौं,’ पौडेलले भने । कार्यालय सहयोगी गुप्तासितको मिलेमतोमा नक्कली कार्यालयसहयोगी बनेर परीक्षा केन्द्रभित्रप्रवेश पाएका चारै जनाले विद्यार्थीहरूलाई चिट चोराउने कार्य गरिरहेको आरोप छ । यता विभिन्न परीक्षा केन्द्रमा फेसबुक म्यासेन्जरमा ग्रुप बनाई चोरी गर्ने क्रम बुधबार पनि पाइएको छ । प्रजिअ पौडेलले भने, ‘बुधवार परीक्षा धेरै अमर्यादित भइरहेको जानकारी आएका स्थानमा हामी गयौं, तीमध्ये केही स्थानमा सामाजिक सञ्जालको प्रयोग गरी चिट चोराउने कार्य भइरहेको पायौं ।’ अनुगमन टोलीले रायपुर, बसबिटी, पकरी, हनुमाननगरलगायत विभिन्नपरीक्षा केन्द्रहरूबाट २५ वटा भन्दा बढी मोबाइल बरामद गरेको शिक्षा समन्वय इकाई सप्तरीका प्रमुख शंकर लुइटेलले जानकारी दिए । ‘सामाजिक संजाल बनाई चोरी गराउने कार्यमा संलग्नहरूको खोजी गर्दै छौं,’ प्रजिअ पौडेलले भने,‘परीक्षा केन्द्रको अवस्था हेर्दा संस्थागत रुपमै चोरी गर्दे गरेको पाइएको छ । यस वर्षको परीक्षामा परीक्षा केन्द्रमा विगत जस्तो अभिभावकको भिड देखिएको छैन । विद्यार्थीहरूको हातमा प्रश्नपत्र पर्नुभन्दा पहिले नै ग्रुप च्याटको कन्ट्रोल रुपमा प्रश्न पत्रको फोटो पुग्ने गरेको र कन्ट्रोल रूपमा रहने विषयगत शिक्षकले चिट बनाइसकेपछि त्यसको फोटो खिचेर ग्रुप च्याटमा पठाइने गरिएको पाइएको हो । अनुगमन प्रक्रियालाई कडाइ गरिएको र परीक्षालाई अमर्यादित बनाउने कार्यमा संलग्न जोकोही भए पनि कानुनी दायरामा ल्याउने प्रजिअ पौडेलले बताए।

२०७५ चैत १४ गते ९:५० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: