समाचारमा बालबालिका

गर्मी बढेपछि झापाका विद्यालय अनिश्चिकालका लागि बन्द

पूर्वी नेपालमा विगत ३ दिनयता अत्यधिक गर्मी बढेको छ। अत्यधिक गर्मी बढेकै कारण झापाको अर्जुनधारा नगरपालिकाभित्र सञ्चालित निजी विद्यालयले शुक्रबार अनिश्चितकालका लागि विद्यालय बन्दको घोषणा गरेका छन्। गर्मीले गर्दा बालबालिकाको अध्ययनमा समस्या उत्पन्न भएको भन्दै शुक्रबारका लागि बिदा दिएको हो। मौसममा केही सुधार हुने संकेत देखिएपछि मात्र विद्यालय सञ्चालन हुने प्याब्सनका केन्द्रीय सदस्य मोहन सुब्बमले जानकारी दिए। उनले स- साना नानीलाई मौसमको प्रतिकूलताका कारण प्रभाव पर्ने भएका कारण विद्यालय सञ्चालक बीच सल्लाह गरेर विदा दिइएको बताए। झापामा बुधबार र बिहीबार यो वर्षकै बढी गर्मी भएको छ।बिहीबार झापाको तामक्रम ३८ डिग्री सेल्सियस पुगेको छ।

२०७६ जेठ ३१ गते २:३२ मा प्रकाशित