A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqsmoaq9a4qdfogs8qc50nom0ba6vf0cg): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थी बहोस हुन थालेपछि विद्यालय एक हप्ता बन्द

अज्ञात रोगबाट विद्यार्थीहरू काम्ने, मुर्छा पर्ने, कराउने गर्न थालेपछि एक हप्ताको लागि विद्यालय बन्द भएको छ।  उदयपुरको त्रियुगा नगरपालिका–६ घनचक्रेमा रहेको इन्द्रावती आधारभूत विद्यालयका विद्यार्थीमा अनौठो प्रकारको समस्या देखिपछि विद्यालय बन्द भएको हो।विद्यालयका प्रधानध्यापक नेत्र काफ्लेले नौविद्यार्थी मुर्छा पर्ने, रुने, कराउने चिच्याउने, धामी जस्तै खेल्ने, मुठ्ठी बाँधेर बस्ने, बेहोस हुने गर्न थालेपछि मंगलबारदेखि विद्यालय बन्द गरेको बताए।  ‘विद्यार्थी मुर्छा पर्ने, रुने कराउने, दारा किच्ने, चिच्याउने, थरथर काम्न थालेपछि विद्यालय बन्द गरिएको छ,’ उनले भने, ‘बिरामीका अभिभावक तथा नगर स्वास्थ्यकर्मीको टोलीले समेत केही दिनका लागि विद्यालय बन्द गर्न आग्रह गरेको छ।’ काफ्लेका अनुसार गत जेष्ठ २ गते कक्षा २ मा पढ्ने एक बालिकालाई उक्त समस्या देखा परेको थियो। पछि क्रमिक रूपमा अन्य विद्यार्थीमा पनि एकै प्रकारको समस्या देखिएको उनले बताए। त्रियुगा नगरपालिका–६ का वडाध्यक्ष निर्मलकुमार चौधरीले विद्यालयमा देखिएको समस्यालाई नगरपालिकामा जानकारी गराएको बताए।  ‘नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले सेवा दिइरहेको छ, उनले भने, ‘कोही कत्तै निको नहुने, अरुमा रोग सरेमा विशेषज्ञ सहितको टोली परिचालन गर्नु पर्ने अवस्था आएको छ।’ गत शुक्रबारसम्म मुर्छामा परेका ९ जना विद्यार्थीको नगर स्वास्थ्य शाखा प्रमुखसहितको टोलीले उपचार गरेको थियो। ‘विद्यालय वा घरमा हुने तनावका कारण यस्तो समस्या देखिने गर्छ,’ उपचारमा संलग्न जिल्ला अस्पताल उदयपुरका डा। अशोक तिवारीले भने, ‘एक जनामा समस्या देखिनेबित्तिकै बिरामीलाई छुट्टै राख्ने व्यवस्था गरे अरूमा देखा पर्दैन।’ धेरैजना जमघट हुने स्थानमा यो समस्या धेरैलाई सर्ने गरेको र धेरै विद्यार्थीमा एकै पटक यस्तो समस्या देखिने भएकाले यसलाई डिस अर्डर ‘मास हिस्टेरिया’ को समूहभित्रकै रोग भएको डाक्टर तिवारीको भनाइ छ।  विद्यालयमा बढी होमवर्क र घरमा अभिभावकले ुपढ पढु भनेर दबाब दिँदा विद्यार्थीमा मानसिक तनाव हुने गरेकोले मुर्छा पर्न, रुने, कराउने चिच्याउने, मुठ्ठी बाँधेर बस्ने, बेहोस नहुने, समस्या आएको डाक्टर तिवारीले जानकारी दिए। विद्यालयमा ७३ जना बालबालिका अध्ययनरत छन्। उनीहरूको उमेर बढीमा ११ वर्ष भन्दा माथिका छैनन्। कक्षा पाँचसम्म पढाइहुने विद्यालयमा नै मास हिस्टोरिया जस्तो समस्या देखिएपछि अभिभावक पनि चिन्तित बनेका छन्।

२०७६ जेठ २१ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: