समाचारमा बालबालिका

स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी घाइते

पाल्पामा रिभर भ्याली सेकेण्डरी बोर्डिङ स्कुलको बस बगनासकाली गाउँपालिका–१, पिप्लेमा दुर्घटना हुँदा ४ विद्यार्थी घाइते भएका छन्। विद्यार्थी लिएर विद्यालयतर्फ जाँदैै गरेको लु १ ख १५५८ नम्बरको बस पिप्लेको ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो। बसमा २७ जना विद्यार्थी रहेका थिए। घाइते सबै विद्यार्थीहरू खतरामुक्त रहेको विद्यालयका प्रिन्सिपल मीनप्रसाद बन्जाडेले बताए। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। 

२०७५ साउन २९ गते ११:२९ मा प्रकाशित