A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session6ja47rluqj5fuag9j8lttkkk2e3fncpd): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

स्कुल बस दुर्घटना, ३२ विद्यार्थी घाइते, चारको अवस्था गम्भीर

मोरङको पथरीशनिश्चरे नगरपालिका- ३ स्थित भित्री सडकखण्डमा बुधबार साँझ स्कुल बस दुर्घटना हुँदा ३२ जना विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । उत्तरबाट दक्षिणतफ जाँदै गरेको बा १ ख ८००२ नम्बरको पथरीशनिश्चरे- ३ स्थित ज्योति विकास बाल संरक्षण बोर्डिङ स्कुलको बस साँझ ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर बोर्डिङ स्कुलमा अध्ययनरत पथरीशनिश्चरे- ३ की १४ वर्षीया सन्ध्या बस्नेत, १२ वर्षीय रविन कार्की, १३ वर्षीय अनिष धिमाल र नौ वर्षीय साहिल अधिकारी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए। गम्भीर अवस्थाका उनीहरुलाई विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका लागि ल्याइएको छ। घाइतेमध्ये आठजनाको अवस्था मध्यम रहेको छ। उनीहरुको पथरी अस्पतालमा उपचार भइरहेको छ । अन्य २० जना घाइते विद्यार्थीको अवस्था सामान्य रहेको र उनीहरु प्राथमिक उपचारपछि घर फर्किसकेको प्रनि बजगाईले बताए। उनका अनुसार बोर्डिङ स्कुल छुट्टी भएपछि विद्यार्थी पुर्‍याउन गएका बेला स्टेरिङलाई नियन्त्रणमा लिने लक खुस्किंदा बस सडकबाट धान खेतमा पल्टिएको थियो । तत्काल उद्धार गर्न सकिएका कारण ठूलो क्षति भने नभएको प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी बजगाईले दिए । उनले दुर्घटनापछि फरार रहेका चालक पथरीशनिश्चरे-१ का ४४ वर्षीय प्रकाश गुरुङको खोजी थालिएको बताए। 

२०७५ साउन २४ गते १०:४४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: