A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8c5r7fbqu9mt7liks16kkqaolnalnri0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जीर्ण भवनमा विद्यार्थीलाई सास्ती

देशैभरि विद्यालय भर्नाको विशेष अभियान चलाइए पनि विद्यालयमा विद्यार्थी टिकाई राख्न भने कुनै ध्यान दिइएको छैन । सरकारी विद्यालयमा विद्यार्थीहरूका लागि सामान्य मापदण्डको कक्षाकोठासमेत नहुँदा ससाना बालबालिकाहरू सास्ती खेप्न बाध्य छन् । चर्को घाम र गर्मीमा जस्तापातको छानामुनि बसेर पढ्ने विद्यार्थलाई भने झनै सकस हुने गरेको छ । धनुषाको मिथिला विहारी नगरपालिका–८ कचुरीस्थित श्री मिथिला आधारभूत विद्यालयको पुरानो र जीर्ण भवनमा कक्षा १ र २ का विद्यार्थीहरू यसरी नै पढ्न विवश छन् । विद्यालयको आर्थिक स्रोत पनि बलियो नभएको कारण जीर्ण भवन नयाँ बनाउन नसकिएको र यसैमा बालबालिकाहरूलाई जेनतेन पढाउनुु परिरहेको विद्यालयका प्रधानाध्यापक रामविलास यादवले बताए । उनले भने, ‘तत्कालै यी भवन फेरेर कम्तीमा कक्षा १ र २ का लागि नयाँ भवन बनाउनु निकै आवश्यक छ । ‘चर्को गर्मीका बेला हामी शिक्षकलाई समेत कक्षाकोठामा पढाउन निकै अप्ठ्यारो हुने गरेको शिक्षक अरुणकुमार सिंहले बताए । उनले थपे, ‘यस्तो अवस्थामा ससाना बच्चाहरूलाई झनै गर्मीले बेहाल पारेको छ ।’ यस विद्यालयमा चार सय ५५ विद्यार्थीले नामांकन गराए पनि त्यसको आधा मात्र विद्यार्थीहरू विद्यालयमा पढ्न आउने गरेका छन् । शिक्षक सिंहले भने, ‘परीक्षाका बेला, कापीकिताब तथा पोसाक बाँड्ने बेला मात्र सबै विद्यार्थी आउने गरेका छन् ।’विद्यालय भर्ना अभियानले महŒव पाए पनि विद्यालयलाई बालमैत्री बनाउने सवालमा कुनै काम नभएको शिक्षा विकास समन्वय इकाइ प्रमुख मिहिलाल यादवले बताए । यादव भन्छन्, ‘सबैजसो विद्यालयहरूमा च्यादरको छानो छ, पंखा छैन । गर्मीले बच्चाहरू उकुसमुकुस अवस्थामा बसिरहेका हुन्छन्, यस्तोमा उनीहरूमा सिकाइको वातावरण नै बन्दैन ।’ उनले भने, ‘विद्यालयहरूको भौतिक सुधार नभएसम्म विद्यालय भर्ना अभियानले सार्थकता पाउँदैन ।’बालबालिकालाई विद्यालयमा टिकाइराख्ने विषय व्यवहारमा लागू नभई मात्र भाषणमा सीमित भएको शिक्षक सुनीलकुमार मल्लिकले बताए । सरकारले विद्यार्थी भर्ना अभियानको क्रममा लिएको लक्ष्य प्रभावकारी बनाउन विषेश योजना निर्माण गरी सोहीअनुरूप विद्यालय सुधारका कार्यक्रम अघि बढाउनुपर्ने शिक्षक मल्लिकको सुझाव छ ।

२०७५ भदौ ३१ गते ९:०१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: