A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session2gj2b7oigl79lfvj7e42q4utgqcb7dn6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

डोटीका दुई विद्यालयमा स्मार्ट कार्डबाट निःशुल्क सेनिटरी प्याड

दिपायल सिलगढी नगरपालिकाले माध्यमिक तहका छात्रालाई स्मार्ट कार्डबाट निःशुल्क सेनिटरी प्याड पाउने व्यवस्था सुरु गरिएको छ। पहिलो चरणअतर्गत नगरपालिकाले दुई विद्यालयमा उक्त कार्यक्रमको सुरु भएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माले बताए। वडा नम्बर ३ दिपालयमा रहेको दिल्पेश्वर माध्यमिक विद्यालय र वडा नम्बर ६ मा रहेको पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा मेसिन जडान गरी सेवा सुरु गरिएको हो। सेवाको उद्घाटन गर्दै नगरपालिकाका उपप्रमुख मञ्जु मलासीले भनिन्, ‘म एक महिला हो, माध्यमिक तहका नानीहरुले कति समस्या परेको हुन्छ त्यो महसुस गर्न सक्छु।’ नगरपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा आगामी आर्थिक वर्षभित्र उक्त सेवा पु¥याइसक्ने नगरपालिकाले बताएको छ। ‘हामीले यो वर्ष परीक्षणका लागि दुई बिद्यालयमा प्रयोगमा ल्याएका छौँ,’ उपप्रमुख मलासीले भनिन्, ‘अर्को वर्ष यो प्याड डिस्पोज गर्ने मेसिन पनि हामी सबै बिद्यालयमा जडान गर्ने छौँ।’ विद्यालयमा स्माटकार्डको प्रयोगबाट सेनिटरी प्याड निकाल्न सकिने मेसिन जडान गरिएको हो। दुबै विद्यालयहरुमा ५०र५० ओटा स्माटकार्ड समेत वितरण गरेको नगपालिकाका शिक्षा इकाइ प्रमुख मञ्जु थापाले जानकारी दिइन्।  विद्यालयमा सेनिटरी प्याड प्राप्त हुने भएपछि छात्राहरु लाई सहज हुने पद्म पब्लिक मुक्तिनारायाण माध्यमिक बिद्यालयका प्रधानाध्यापक गीता जोशीले बताइन्। ‘म कति बेला महिनावारी हुन्छु भन्ने छात्राहरुमा हुने चिन्ता अन्त्य हुन्छ,’ जोशीले भनिन्, ‘अर्को कुरा उनीहरुका स्वास्थ्यका लागि पनि हितकर हुन्छ।

२०७६ जेठ २१ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: