समाचारमा बालबालिका

छोरी बाबुबाटै असुरक्षित

बाँकेका महिला असुरक्षित रहेको तथ्यांकले देखाएको छ । उनीहरू घरेलु हिंसा, बलात्कार, बहुविवाह, हत्या, अपहरणबाट पीडित छन् । चालू वर्षमा १९ महिला बलात्कृत भए । ११ माथि प्रयास भयो ।
घटना – १
०७३ पुस ५ गते जिल्लास्थित बंगलाचुली गाउँपालिका९७ का ४२ वर्षीय बाबुले १० वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी भालुवाङमा जाहेरी दिए । घरमा आमा नभएको बेला करणीमा परेकी बालिकाले आमासँग भनेपछि घटना प्रहरीसम्म पुगेको थियो । प्रहरीले पुस ६ गते आरोपी बाबुलाई गिरफतार गरी मुद्दा चलाएकामा जिल्ला अदालतले ०७३ चैत १३ गते कसुर दोषी ठहर गर्दै २० वर्ष कैद तथा ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गर्‍यो ।
घटना – २
०७३ माघ १५ गते ३५ वर्षीय बाबुले १४ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी तुलसीपुरमा जाहेरी पर्‍यो । आमा वैदेशिक रोजगारीमा गएपछि बाबुले ०७२ साउनदेखि लगातार बलात्कार गरेको पीडितले बताइन् । प्रहरीले बाबुलाई माघ २३ गते गिरफ्तार गरी बलात्कारसम्बन्धी मुद्दा चलाएकामा जिल्ला अदालतले दोषी ठहर गर्दै १८ वर्ष कैद र पीडितलाई ४० हजार क्षतिपूर्ति भराएको छ । जिल्लामा भएका यी प्रतिनिधिमूलक घटनामात्र हुन् । आफन्त र बाबुबाट बलात्कृत हुने धेरै छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० का अनुसार सन् २०१७ मा जिल्लामा बलात्कार र प्रयासका ३१ घटना भए । त्यसमध्ये ६ वर्षदेखि १६ वर्षसम्मका १८ थिए । जसमा ५ जना बाबुबाटै बलात्कृत भए । यस्ता घटनामा बयस्क र वृद्ध संलग्न छन् । यसमा अदालतले दोषी ठहर गरी कैद सजाय तोकेकोमा कतिपय मुद्दा अघि नबढाई मिलापत्रमा टुंग्याइएको छ । जिल्ला प्रहरीका अनुसार आव ०७२/७३ मा ३३, ०७३/७४ मा ३२ र ०७४/७५ को पुससम्म १३ बलात्कार घटना भएका छन् । यसैगरी ०७२/७३ मा जबर्जस्ती करणी उद्योगका ८, ०७३/७४ मा १५ र ०७४/७५ को पुससम्म ८ घटना भएको जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले बताइन् । ७५ प्रतिशत बलात्कारका घटना १६ वर्षमुनिका बालिकामाथि हुने गरेको उनले बताउँछिन् । बाबुआमा वैदेशिक रोजगारमा जाने र हेरचाह गर्ने नहुँदा घटना बढेको एसपी सिंहले बताइन् । ‘धाकधम्की र प्रलोभन देखाएर बलात्कार गरेका छन्,’ उनले भनिन्, ‘सजिलै फस्ने भएकाले बलात्कारको सिकार बालिका भएका छन् । बाबुआमाले बढी समय दिन नसक्ने, मोबाइल प्रयोग गर्ने र विवाह गर्ने नाटक गरी भगाउनेजस्ता कारणले बालिका बलात्कारमा पर्ने गरेको उनले बताइन् ।

सुरक्षामा चुनौती
यौनहिंसाका ३० घटना जिल्ला प्रहरीमा दर्ता भएका छन् । महिला सेल प्रमुख श्यामकुमारी पाइजा मगरका अनुसार घरेलु हिंसामा परेका १४ महिलाले आत्महत्या गरेको घटना दर्ता भएका छन् । बहुविवाहका तीन, महिला अपहरणका तीन र चार महिलाको हत्या भएको प्रहरी तथ्यांक छ । मानव बेचबिखनका ९ घटना दर्ता भएका छन् । ‘चालू आवमा १ सय ४६ महिला हराएको उजुरी छ । तिनमा ५० बालिका छन्,’ मगरले भनिन्, ‘महिला हिंसा बढ्दो छ ।’ प्रहरीमा घरेलु हिंसाका २ सय ६२ घटना दर्ता छन् । तीमध्ये २ सय १६ महिला सम्बन्धित छन् । १ सय ९४ घटनामा मिलापत्र भएको प्रहरीले जनाएको छ । १५ अदालत पुगे । इन्सेक नेपालगन्जका अनुसार एक वर्षमा १ सय महिला घर निकाला गरिएका छन् । जिल्लामा किशोरीमाथि बलात्कार र यौनदुव्र्यवहार बढी भएको छ ।

 २०७४ फागुन २६ गते ९:२८ मा प्रकाशित