A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आफन्तबाटै बलात्कृत हुन्छन् बालिका

अर्घाखाँचीको सन्धीखर्क नगरपालिका डिभर्ना अमिलेका ६५ वर्षीय हजुरबुबाले फागुन ३ मा आफ्नै पाँच वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परे। हजुरबुबाले घरमा कोही नभएको मौकामा नातिनीमाथि बारम्बार जबरजस्ती करणी गर्दै आइरहेको खुल्यो। बालिकाको आमाले उजुरी गरेसँगै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आरोपी हजुरबुबालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। मालिका गाउँपालिका ५ म्याग्दीका ५३ वर्षका एक बावुले आफ्नै १२ वर्षीया छोरीको बलात्कार गरेको आरोपमा भदौ ९ मा पक्राउ परे। बाबुले घरमा कोही नभएको मौकामा छोरीलाई पटक–पटक बलात्कार गर्ने पीडित बालिकाले प्रहरीमा उजुरी दिइन्। छोरीको जाहेरीपछि बलात्कार आरोपी बावुलाई म्याग्दी प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ। बालिकाको संरक्षण र रेखदेख गर्नुपर्ने परिवारका सदस्यबाटै असुरक्षित भएका केही घटना हुन् यी। जसले बालिकाको संरक्षण तथा रेखदेख गर्नुपथ्र्यो। तर, तिनै परिवारका विकृत यौन मानसिकता भएका व्यक्तिकै कारणले कलिला उमेर समूहका बालिका बलात्कारजस्तो जघन्य अपराधको सिकार बने। पछिल्लो समय अधिकांश बलात्कारका घटना चिनेजानेका आफन्त र आफ्नै परिवारकै सदस्यबाटै बालबालिका असुरक्षित देखिएका छन्। परिवारकै बुवा, हजुरबुबा, काका, छोरा, मामा, दाइभाईलगायतका हाडनाता सम्बन्ध पर्नेबाटै बालिका बलात्कारको सिकार भइरहेका छन्।

मनोविद् शर्मिला महर्जन विकृत यौन मानसिकताबाट गुज्रिएका व्यक्तिले आफन्त, सानो, ठूलो केही नभन्ने र जसका कारणले गर्दा आफ्नै परिवारको सदस्यलाई समेत बलात्कार गर्न पछि नपर्ने बताउँछिन्। ‘विकृत यौनमानसिकताबाट गुज्रिएकाले आफ्नै परिवारकै सदस्यमाथि पनि आफ्नो कुत्सित इरादा पुरा गर्ने गरेका छन्,’ उनले भनिन्, ‘जसले आफ्नो परिवारको सदस्यको संरक्षण गर्नुपथ्र्यो। उनीहरुले नै आफ्नो परिवारकै सदस्यबाटै यौनाकांक्षा पुरा गर्ने गरेको देखिएको छ। जुन सामाजिक दृष्टिकोणले गम्भीर विषय हो।’ मनोविद् महर्जनले कुण्ठित अवस्थामा रहेको यौनचाहानालाई व्यवस्थापन गर्न नसक्दा परिवारभित्रैका सदस्यमाथि यौनको प्यास मेट्ने काम गरेका छन्। ‘हाडनाताभित्रै अवैध यौनसम्बन्ध भुसको आगो जस्तै सल्किएको छ,’ उनले भने, ‘हाडनाताभित्रै हुने यौनसम्बन्ध धनाढ्य परिवारमा गुपचुपमा नै लुकाउने गर्छन्। तर, आर्थिक अवस्था कमजोर हुने परिवारिक झैझगडाकै कारणले त्यस्ता घटना बाहिर आउने गरेका छन्।’ प्रहरी प्रधान कार्यालयका अनुसार बालिका सबैभन्दा धेरै असुरक्षित आफन्तबाटै हुने तथ्यांकले देखाएको छ। २०७५ साउनदेखि माघ मसान्तसम्म कुल ११ सय २७ वटा बलात्कारको घटना भएको थियो। ११ सय २७ वटा घटनामध्ये २ सय ६३ बाहेक सम्पूर्ण बलात्कारको घटना चिनेजानेकै व्यक्तिबाट भएको देखिन्छ। प्रहरी प्रधान कार्यालयको तथ्यांकले अधिकांश बलात्कारको घटना चिनेजानेका आफन्तबाटै बलात्कारका घटना हुने तथ्यांकले देखाएको छ। केटासाथीबाट ३ सय ६५ वटा बलात्कार भएको देखिन्छ। त्यस्तै गरी चिनेजानेका छिमेकीबाट ५ सय १०, काकामामाबाट १८, दाजुभाइबाट १३, बुबा झड्केलाबुबाबाट २४, श्रीमान्बाट १३, घरमालिकबाट १०, देवरजेठाजुबाट ७, ससुराबाट ६, हजुरबवबाबाट २, भिनाजु नातापर्नेबाट २ जना बलात्कृत भएको प्रहरीको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदी अधिकांश बलात्कारका घटना आफन्त तथा चिनेजानेकाबाटै हुने बताउँछन्। ‘यौनपिपासुले सहजै उपलब्ध हुनेलाई धेरै टार्गेट गरेको देखिन्छ,’ उनले भने, ‘अविश्वास गर्नै नसक्ने व्यक्तिबाटै बलात्कारका घटना भएका देखिन्छ। त्यसैले अहिले समाज कता गइरहेको भन्नेतर्फ गहिरो अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ।’ प्रवक्ता सुवेदीका अनुसार बालिका तथा महिला आफ्नै घरपरिवारका सदस्य र आफन्तबाटै धेरै प्रताडित भएको देखिन्छ। ‘कल्पना नै गर्न नसक्ने बुवा, हजुरबुवा जस्ता नाताबाटै आफ्नै छोरीचेली असुरक्षित भइरहेका छन्,’ उनले भने, ‘विकृत मानसिकता भएका अभिभावकले आफ्नै सन्तानबाट यौन प्यास मेटाउने गरेका छन्। जुन समाजकै लागि गम्भीर विषय हो।’ प्रवक्ता सुवेदीले यौनविकृत मानसिकता, लागूऔषध, मादकपदार्थ सेवन, अश्लील भिडियो हेर्ने बानी, सामाजिक सञ्जालको दुरुपयोगलगायतका कारणले उत्प्रेरित भएर बलात्कार जस्तो जघन्य अपराधतर्फ उन्मुख भएको देखिन्छ।

बलात्कारको निसानामा सबैभन्दा धेरै ११ वर्षदेखी १६ वर्ष उमेरसमूहका बालिका परेका छन्। सात महिनाको अवधिमा ११ वर्षदेखि १६ वर्ष उमेर समूहका ४ सय ४० जना बालिका बलात्कृत भएका छन्। १० वर्ष मुनिका एक सय ४८ बालिका बलात्कारीको सिकार भएका छन्। त्यस्तै गरी १७ देखी १८ वर्ष उमेर समूहका १ सय ९ जना बलात्कृत भएका छन्। २६ देखि ३५ वर्ष उमेर समूहका १ सय ३६ जना महिला बलात्कृत भएका छन्। त्यस्तै गरी ३६ देखि ४५ वर्ष उमेर समूहका ५० जना महिला बलात्कृत भएको प्रहरीको तथ्यांकले देखाउँछ। त्यस्तै गरी ४६ वर्ष माथिका ४४ जना महिला बलात्कारीको सिकार बने। सात महिनाको अवधिमा कुल एक हजार एक सय २७ जना बलात्कृत भएका थिए। ती मध्ये ६ सय ९७ जना बालिका पीडित भएका छन्। चार सय १८ जना महिला पीडित भएका छन्। त्यस्तै गरी १२ जना अन्य रहेका छन्। आर्थिक वर्ष २०७४–७५ मा एक हजार ४ सय ५८ वटा बलात्कारका घटना भएका थिए। जसमध्ये तीन सय ८४ बाहेक सम्पूर्ण बलात्कारको घटना आफन्त तथा चिनेजानेकै व्यक्तिबाट भएको प्रहरीको तथ्यांकले देखाउँछ। जसबाट अधिकांश बलात्कारको घटना आफन्त तथा चिनेजानेकै व्यक्तिबाट हुने पुष्टि हुन्छ। आर्थिक वर्ष २०७४–७५ मा चिनेजानेकै छिमेकीबाट ५ सय ६८ वटा बलात्कारको घटना भएका थिए। केटासाथीबाट ७४, बुबा÷झड्केलाबुबाबाट ४४, हजुरबुबाबाट १६ जना, ससुराबाट ९ , आमाछोरा ५, काका÷मामाबाट १७, दाजुभाइबाट २४, देवरजेठाजु १०, श्रीमान्बाट ११, भदाबाट १, घरमालिकबाट ३, शिक्षकबाट ५ जना पारपाचुकेबाट १ जना बलात्कृत भएका थिए। मनोविद् महर्जनका अनुसार बालिका तथा महिलालाई यौनजन्य हिंसाबाट जोगाउनको लागि राज्यले स्कुल तहदेखि नै यौन शिक्षालाई सहज ढंगले सबैको पहुँचमा पु¥याउनुपर्ने देखिन्छ। ‘स्कुलदेखि नै यौन शिक्षालाई सबैको पहुँचमा पु¥याउनपर्ने देखिन्छ,उनले भने, राज्यले बालिका र आमा दुवैलाई यौनशिक्षाको बारेमा प्रशिक्षण दिन आवश्यक भइसक्यो।

२०७५ चैत ७ गते १२:०० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: