A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका बलात्कारी वृद्धलाई ६ वर्ष कैद

बालिका बलात्कारी एक वृद्धलाई सप्तरी जिल्ला अदालतले ६ वर्ष कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलाशले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष कैद र ३० हजार जरिवानाको फैसला गरेको हो। बिहीबार बलात्कारको कसुरमा ६ वर्ष कैद र क्षतिपूर्ति भराउने फैसला भएको अदालतका कर्मचारी तीर्थ शर्माले बताए। शर्माका अनुसार अदालतमा उपस्थित भएर झुटो बकपत्र गरेको कसुरमा उजूरकर्ता एवं पीडितका बुवालाई समेत पाँच सय रुपैयाँ जरिवाना भएको छ। भैंसी चराउन जंगल जाने गरेकी बालिकालाई गत जेठ २१ गते र त्यसअघि पटक–पटक बलात्कार गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजूरी दिएका थिए। ईलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी आरोपित पाण्डेलाई जेठ २७ पक्राउ गरेको थियो। जिल्ला अदालतको आदेशमा आरोपित ०७५ असार १९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। पछिल्लो समय प्रलोभन र दबाबमा परेका पीडितका बुवाले आरोपित जोगिने ढंगले अदालतमा बकपत्र गरेका थिए। अदालतले बलात्कार भएको पुष्टि गर्दै पाण्डेलाई कैदसजाय र झुठा बयान दिने पीडितका बुवालाई जरिवाना गरेको जनाइएको छ।

२०७५ फागुन ९ गते २:५८ मा प्रकाशित  

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: