समाचारमा बालबालिका

करणी मुद्दाका फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको बिशेष टोलीले फरार रहेका मकवापुरगढी गाउँपालिका–४ मा स्थायी घरभई भिमफेदी गाउँपालिका–६ बस्ने २५ वर्षिय गणेश भन्ने रेवती सञ्जेललाई पक्राउ गरेको हो। गत साउन १२ गते एक बालिकालाई चितवनदेखी बसमा ल्याई भीमफेदी स्थित डेरामा लगी जवरजस्ती करणी गरेर संजेल फरार रहेको प्रहरीले जनाएको छ ।फरार रहेका संजेललाई हेटौंडा उपमहानगरपालिका–१२, रातोमाटेबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

२०७५ पुस २३ गते ८:०३ मा प्रकाशित