A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionte0qeqb3qp92pofne3nk6kf0p961505f): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जबरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार आरोपी लुकीछिपी छिमेकी मुलुक भारत गईरहेको अवस्थामा सिरहाको सीमावर्ती माडर बजारबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहा नगरपालिका ३ का २३ वर्षीय धर्मेन्द्र भन्ने सुरेशकुमार ठाकुर रहेको जिला प्रहरी कार्यालय सिरहाले जनाएको छ। जबरजस्ती करणीको मुद्दाका आरोपी प्रहरीको आँखा छलेर हिंडेको भएपनि भारत गईरहेको विशेष सूचनाको आधारमा सीमावर्ती माडर बजारबाट पक्राउ परेको जिल्ला पहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए। प्रहरीका अनुसार पक्राउ गरिएका ठाकुरविरुद्ध सिरहा जिल्ला अदालतमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता रहेको छ। प्रहरीले पक्राउ गरिएका ठाकुरलाई आवश्यक कारबाहीका लागि सिरहा जिल्ला अदालतमा बुझाएको छ।

गोठमा जाँदा बलात्कार

घर नजिकै रहेको गोठमा बस्तुभाउलाई पराल हाल्न गएकी बालिकालाई बजारबाट मदिरा सेवन गरेर आएका ठाकुरले २०७४ माघ २५ गते बलात्कार गरी फरार भएका थिए। बलात्कारपछि घटना गाउँमै मिलाउने प्रयत्न गरेपनि रक्तश्राव नरोकिएर अवस्था गम्भिर बनेपछि बालिकालाई भोलिपल्ट मात्र अस्पताल ल्याउँदा घटना सार्वजनिक भएको थियो। घटनाको सूचना पाए लगत्तै आरोपी ठाकुरलाई पक्राउ गर्न प्रहरी परिचालित भएपनि टोली पुग्नु अगावै उनका बाबु रामलखन ठाकुर र दाजु जमिन ठाकुरले भगाएको सूचना पाएपछि प्रहरीले अनुसन्धानकै लागि तत्काल मतियारको काम गरेको भन्दै बाबु र दाजुलाई नियन्त्रणमा लिएर सोधपुछ गरेर छोडेको थियो।

२०७५ साउन ३० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: