A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionvdmv154asup85hbvldao37ljbm4rafg4): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

किशोरी बलात्कार गर्नेलाई छ वर्ष कैद

सिरहा जिल्ला अदालतले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुर ठहर गर्दै अभियुक्तलाई छ वर्षको कैद फैसला सुनाएको छ। जिल्ला अदालतले सिरहाको लहान नगरपालिका–१९ का १८ वर्षीय सुमन भनिने सुमन्तकुमार मण्डललाई मंगलबार बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै ६ वर्ष कैदको फैसला सुनाएको हो। जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासले अभियुक्त मण्डललाई कैद फैसलासहित पीडितलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने समेत निर्णय सुनाएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ। अभियुक्त मण्डलले २०७३ माघ ३ गते बलात्कार गरेको आरोपसहित माघ ४ गते लहानस्थित इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी परेको थियो। घटनापछि फरार रहँदै आएका मण्डललाई प्रहरीले असार २ गते पक्राउ गरी जबरजस्ती करणी अन्तर्गतको मुद्दामा सिरहा जिल्ला अदालतले असार २९ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

किशोरलाई साढे पाँच वर्ष कैद

सुस्त मनस्थितिकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको कसूर ठहर गर्दै सप्तरी जिल्ला अदालतले १५ वर्षीय किशोरलाई पाँच वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ। जबरजस्ती करणीअन्तर्गतको मुद्दामा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले अभियुक्तको उमेर १९ वर्ष रहेको दाबीसहित अभियोजन पत्र दर्ता गरेको थियो। चिकित्सकको प्रतिवेदनका आधारमा १६ वर्ष ननाघेको पुष्टि भएपछि आधा कैद सजायको फैसला गरिएको न्यायाधीश हरिश्चन्द्र ढुंगानाले बताए। पीडित बालिका भएकीले ६ वर्ष कैद र अपांगता समेत भएकीले थप पाँच वर्ष गरी ११ वर्ष कैद सजाय हुने भए पनि अभियुक्त समेत बालक भएकाले आधा कैद सजाय गरिएको जनाइएको छ। अभियुक्तले क्षतिपूर्ति दिन सक्ने अवस्था नभएकाले नेपाल सरकारबाट भराउने गरी पीडितलाई १५ हजार रुपियाँ क्षतिपूर्ति दिलाउने समेत फैसला भएको छ। साधारण तारेखमा रिहा भएका अर्का अभियुक्त १४ वर्षीय किशोरलाई जिल्ला अदालतले २५ दिनको कैद सजाय तोकेको छ। पीडित बालिकालाई दुई जनाले २०७३ वैशाख १ गते बलात्कार गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा वैशाख २ गते किटानी जाहेरी दिएका थिए। किटानी जाहेरी दर्तापछि प्रहरीले दुवै आरोपीलाई वैशाख २ गते पक्राउ गरी वैशाख ५ गते जबरजस्ती करणीको उजुरी दर्ता गरेको थियो। आरोपी १४ वर्षीय बालकका अभिभावकले स्थानीय तहबाट जन्मदर्ताको प्रमाण पत्र ल्याएपछि अभिभावकको जमानतमा वैशाख २१ गते रिहा गरिएको थियो। अदालतको आदेशमा १५ वर्षीय किशोर पुर्पक्षका लागि २०७३ वैशाख २९ गतेदेखि राजविराज कारागारमा थुनामा थिए।

 

२०७५ असोज ३ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: