समाचारमा बालबालिका

भोजपुरमा ६ वर्षीया बालिका बलात्कृत

जिल्लाको उत्तरी षडानन्द नगरपालिकामा ६ वर्षीया बालिका बलात्कार गर्ने एक किशोर पक्राउ परेका छन्। षडानन्द नगरपालिका–१०, साङ्गपाङमा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ जनाएको छ। बालिकालाई गएको पुस १३ गते करणी आरोपमा आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशवकुमार थेवेले बताउनुभयो । पक्राउ परेका आरोपितलाई मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाएको छ।

२०७५ पुस २४ गते १:५१ मा प्रकाशित