समाचारमा बालबालिका

वडा सदस्यमाथि बलात्कारको आरोप, उजुरीपछि फरार

लिखु गाउँपालिका–३ का वडा सदस्य ५० वर्षीय विष्णुभक्त श्रेष्ठमाथि बालात्कारको आरोप लागेको छ । १७ वर्षीया एक किशोरीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा वडा सदस्य श्रेष्ठमाथि आज शनिबार उजुरी दर्ता गरेकी हुन् । बलात्कारको उजुरी परेपछि वडा सदस्य श्रेष्ठ भने फरार छन्। श्रेष्ठले आफैँले सञ्चालन गरेको इटा कारखनामा काम गर्ने कामदार किशोरीमाथि बलात्कार गरेको उजुरी परेको हो। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार फरार रहेका श्रेष्ठको खोजी कार्य भइरहेको छ। किशोरीले इटा भट्टामा दिउसो सुतिरहेको समयमा आफूमाथि बलात्कार भएको कुरा उजुरीमा उल्लेख गरेकी छन्। उनी आफ्ना पतिसँगै ज्यालादारीमा श्रेष्ठको इटा भट्टामा काम गर्दैआएकी थिइन् । प्रहरीले शनिबारै पीडितको स्वास्थ्य परिक्षण गरेर अनुसन्धान थालेको जनाएको छ।

२०७५ चैत ९ गते ७:१५ मा प्रकाशित