A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कृत बालिका बनिन् आमा

सप्तरीमा १४ वर्षीया बलात्कृत बालिका आमा बनेकी छन्। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उनले साँझ ४ बजेर १० मिनेटमा कम तौल भएकी छोरीलाई जन्म दिएको अस्पतालले जानकारी दिएको छ। अस्पताल नर्सिंङ निरीक्षक कृष्णा यादवले कम तौलको भए पनि छोरी र १४ वर्षीया आमा सकुशल रहेको बताइन्। हनुमाननगर कंकालिनी नगरपालिका ४ स्थित ठूली आमाको घरमा बसेका बेला सोही गाउँमा भोजको निम्तो मान्न पुगेका छिन्नमस्ता गाउँपालिका ६ कुपहीका २१ वर्षीय प्रदीपकुमार मण्डलले ललाईफकाई शारिरीक सम्पर्क राखेको बालिकाको भनाई छ। आरोपितले पछिल्लो पटक माघ १० गते बलात्कार गरेको थाहा पाई पीडितलाई सोधपुछ गर्दा र स्वास्थ्य परीक्षण गराउँदा बालिका गर्भवती रहेको घरपरिवारले थाहा पाएको थियो। जिल्ला प्रहरी कार्यालयले गत फागुन २७ गते जबरजस्ती करणीको उजुरी दर्ता गरी सोही दिन पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो। भारतको चण्डिगढमा अध्ययनरत आरोपित हालसम्म पक्राउ परेका छैनन्। आरोपित पक्राउ नपरेको मुद्दा एक वर्षभित्र अदालतमा बुझाउनु पर्ने प्रावधान अनुरुप मुद्दाको फाइल अदालतमा बुझाइने एसपी राजेन्द्र विष्टले बताए। त्यसपछि पनि अदालती प्रकृया बमोजिम फैसला हुन झण्डै तीन वर्ष लाग्न सक्ने कानुन व्यवासायीहको भनाई छ। नियमित कानुनी प्रकृयाले हुने ढिलाईले न्याय पाउन लामो समय प्रतिक्षा गर्नु पर्ने चिन्तासँगै पीडितका अभिभावकलाई १४ वर्षकै उमेरमा आमा बनेकी बालिका र उनको छोरीको पालनपोषणको जिम्मेवारी समेत थपिए पछि चिन्ताले पिरोलिएका छन्। सानै उमेरमा आमा बन्दा दीर्घकालीन रुपमै धेरै खाले चुनौती एकसाथ आएकाले राज्यले यस्ता बालिकालाई समयमै राम्रो स्वास्थ सुविधा तथा उचित राहतको व्यवस्था गर्नुपर्ने पीडितको तर्फबाट मुद्दा लडिरहेकी अधिवक्ता मीना देवको माग छ।

२०७५ चैत १९ गते ८:३५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: