A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रदेश २ मा दिनहुँ बलात्कारका घटना

प्रदेश २ मा दिनैपिच्छे बलात्कारको घटना हुन थालेको छ । छोरीहरुलाई बचाउन तथा पढाउन प्रदेश २ सरकारले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान थालेको छ । तर प्रदेश २ मा छोरीहरु भने झनै असुरक्षित हुँदै छन् । गएको तीन दिनयता प्रदेशका  विभिन्न जिल्लाहरुमा तीन जना बालिका बलात्कृत भएका छन् । बुधबार  राति सर्लाही ईश्वरपुर नगरपालिका ९ की १७ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । बलात्कार आरोपमा स्थानीय १९ वर्षीया राजन कुमार महतो सुडी पक्राउ परेका छन् । सुडीले किशोरीलाई डर त्रास देखाएर आफ्नो घरमा लगि जबरजस्ती करणी गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केशरगञ्जबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ । यस्तै गएको मंगलबार मात्र प्रदेश २ कै सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाएँपालिका ३ की एक १६ वर्षीया किशोरीमाथि बलात्कार भएको थियो । बलात्कारको आरोपमा सिरहा कल्याणपुर नगरपालिका ११ बस्ने २१ वर्षीय सञ्जीपकुमार राउतलाई प्रहरीले इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट गएको टोलीले पक्राउ गरेको थियो । त्यस्तै सोमबार साँझ गाईबस्तु चराउन गएकी धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ की १८ वर्षीया किशोरीलाई बलात्कार गर्ने प्रयास भएको थियो । बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा सिन्धुलीको दुधौली नगरपालिका ७ कालापानीका ४५ वर्षीय मदन लामिछानेलाई चिसापानी प्रहरीचोकीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ।

२०७५ चैत १४ गते १:२२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: