समाचारमा बालबालिका

बलात्कार आरोपमा दुई पक्राउ

आमालाई बलात्कार गर्ने पुरचौर्डी नगरपालिकाका ३२ वर्षीय छोरालाई मुद्दा दर्ता गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरि सकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले बताए ।

यस्तै, १२ वर्षीया छोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा पञ्‍चेश्‍वर गाउँपालिकाका ४५ वर्षीय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छोरीलाई यातना र कुटपिट गरेपछि छिमेकीले प्रहरीलाई सूचना दिएका थिए । सोधपुछका क्रममा घटना बाहिरिएको थियो । बालिकालाई जिल्ला अस्पतालमा राखिएको छ ।

आरोपितहरु दुवैलाई मंगलबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।