A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionk50vs1a63fp278gct5sabamb24drlon4): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार आरोपमा थुना आदेश

नाबालिका बलात्कार गरेको आरोपमा एक बृद्धलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षको लागि थुना आदेश गरेको छ । पिपरा गाउँपालिका-३ का ७५ वर्षीय कुमार पाण्डेलाई अदालतले थुनामा पठाएको हो । प्रतिवादीलाई थुनामा राखेर मुद्दाको टुङ्गो लगाउने की छाड्नेबारेमा मूख्य न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाले सोमबार गरेको मुद्दाको पहिलो सुनवाईमा पुर्पक्ष आदेश गरी कारागार पठाएको छ । स्रेस्तेदार रामानन्दप्रसाद अधिकारीकाअनुसार तीन वर्षभन्दा बढी जेल सजाय हुने कसूरका अभियुक्तलाई तत्काल प्राप्त सवुद प्रमाणका आधारमा थुन्नु पर्ने देखिए अदालतले थुना आदेश गर्ने कानूनी प्रावधान छ । ०७३ साल चैत १८ गते स्थानीय विद्यालयको कक्षा २ मा परीक्षा दिएर अपरान्ह १ बजेतिर घरतर्फ फर्कँदै गरेकी १० वर्षीया दलित बालिकालाई प्रतिवादी पाण्डेले ललाईफकाई घरमा लगेर जबरजस्ती करणी गरेको आरोपमा उनीमाथि न्यायिक सुनवाई थालिएको हो । यसअगि न्यायाधीश प्याकुरेलकै इजलासले भान्जी नातामा पर्ने ३ वर्षीया नाबालिकालाई ०७३ कात्तिक १६ गते जबरजस्ती करणी गरेको आरोपमा गौशाला नपा २ का १८ वर्षीय कुमार भुजेललाई गत सोमबार १० वर्ष कैद तथा पीडित बालिकालाई ५० हजार क्षतिपुर्ती भराई दिने फैसला गरेको छ ।

 २०७४ फागुन १४ गते ५ :२७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: