समाचारमा बालबालिका

रुकुम पश्चिममा १ महिनामै पाँच बलात्कार, तीन बर्षदेखि आफ्नै बुबाले बलात्कार गर्दै आएको १७ बर्षीय किशोरीको आरोप

पश्चिम रुकुममा पछिल्लो एक महिनाको ५ बलात्कार भएको घटना सार्वजनिक भएको छ ।पछिल्लो एक महिनामा महिलालाई बलात्कार गर्ने उद्योगका ३ आरोपी साथै अर्का एक किशोरीलाई बलात्कार गर्ने पुरुष र आफ्नै छोरी बलात्कार गरेको अभियोगमा एक जाना गरेर पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाई सकिएको प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिएका छन् । उनका अनुसार पछिल्लो चरण आफ्नै छोरी बलात्कार गर्ने एक पुरुषलाई पक्राउ गरि अनुसन्धान थालिएको छ । पछिल्लो बलात्कार घटना दर्दनाक रहेको डिएसपी खड्काले बताए । आफ्नै घरमा रहेका छोरीलाइ बुबाले गत दुई बर्ष देखि छोरीछोरीलाई बलात्कार गर्दै आए पछि पछिल्लो पटक सहन नसकेपछि छोरीले आमा संग पिडा पोख्न बाध्य भएकोले घटनाको रहस्य सुलेको उनको भनाई छ । गत चैत्र १ गते आमा माईत गएको बेला आफुलाई बाबुले पुन गर्ने कोसीस गरेपछि सुरक्षित स्थान खोज्दै सानोभेरी गाउँपालिकाकी १७ बर्षिया ती किशोरी भागेर साथीको घरमा पुगेको बताउँछिन् । तर घरबाट भागेर साथिकोमा जाँदा पनि आफुले धर नपाएको उनको गुनासे छ । प्रहरी समक्ष उनले भनिन् भागेर साथीको घरमा सुत्न जाँदा पनि ३४ बर्षिय बाबुले साथीको आडबाट लतार्दै एक्लो गोठमा लगेर लगेर रात बिताए । आमा माईतबाट घर आएपछि उक्त पीडा आमालाई सुनाएकी थिईन् । तत्पश्चात आमाले जाहेरी दिए पछि जंगलमा लुकेर बसेका निज बाबुलाई पक्राउ गरि अनुसन्धान अगाडी बढाईएको प्रहरी प्रमुख डिएसपी खड्काले जानकारी दिएका छन् । पीडित बालिकाले आफुलाई बाबुले दुई बर्ष अघि देखि कसैलाई भने जिउँदै जलाएर मारी दिन्छु भन्दै पटक पटक बलात्कार गर्दै आएको र डरले कसैलाई नभनेको तर पछिल्लो चरण सहन नसकेर आमा संग भनेको प्रहरी समक्ष वयान दिएको उनले बताएकी छन् । भर्खरै विभाजित भएको पश्चिम रुकुममा एक महिना मै ५ बलात्कार घटना डर लाग्दो तथ्याङक आएको प्रति सरोकारवाला चिन्तित बनेका छन् । यता पुर्वी रुकुममा भने पछिल्लो एक महिनामा एउटा पनि बलात्कार सम्वन्धि घटनाको उजुरी नपरेको प्रहरीले जनाएको छ।

२०७५ चैत १२ गते प्रकाशित