समाचारमा बालबालिका

१२ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ

अर्घाखाँचीको शीतगंगामा आफ्नै बावुबाट छोरी बलात्कृत भएकी छिन । शीतगंगा नगरपालिकाको वडा नम्बर–६, आफ्नै बुबाबाट १२ वर्षीया छोरी बलात्कारको सिकार भएकी हुन । श्रीमती घरमा नभएको बेला डर त्राश देखाएर छोरी बलात्कार गर्ने बाबुलाई निजकै श्रीमतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ । श्रीमतीका अनुसार श्रीमानले आफू घरभन्दा टाढा आफन्तको घरमा गएको बेला छोरी र श्रीमान मात्र घरमा भएको मौका छोपी डर त्राशसमेत देखाई १२ वर्षकी छोरीलाई राति बलात्कार गरेका हुन । आफ्नै श्रीमान भए पनि कानुनबमोजिम कारबाही गरी पाँउ भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पीडितकी आमाले जाहेरी दिएपछि घटना वाहिर आएको हो ।आफ्नै बाबु भएकाले आरोपीको नाम,थर,वतन गोप्य राखी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो।

२०७५ माघ २४ गते ७:०८ मा प्रकाशित