A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

हजुरबुवाबाट नातिनी बलात्कृत

ओखलढुंगामा हजुरबुवाबाट नातिनी बलात्कृत भएकी छिन्। मोलुङ गाउँपालिकाकी एक १५ वर्षिया बालिकालाई उनकै नाताले हजुरबुवा पर्ने ५८ वर्षिय वृद्धबाट बलात्कृत भएकी हुन्। बुधबार वृद्धलाई प्रहरीले पक्राउ गरेको छ। बालिकाका आफन्तले प्रहरीमा दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरी निरीक्षक मिलन बस्नेतले बताए। गत साउन महिनामा बालिकालाई वृद्धले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ। घरमा कोही नभएको मौकामा वृद्धले बालिकालाई आफ्नै घरमा बोलाएर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। बालिकाको पेट अस्वभाविक रुपले बढेकाले आफन्तले सोधपुछ गर्दा बालिका भर्गवती भएको खुलेसंगै वृद्धले बलात्कार गरेको घटना सार्वजानिक भएको हो। बालिका २३ हप्ताकी गर्भवती रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ।बालिका सुस्त मनस्थिती र कम उमेरकी भएका कारणले गर्भपतनका लागि प्रशुती गृह थापाथली रेफर गरिएको केन्द्रकी घटना व्यवस्थापक कुमारी तामाङले बताइन्। बालिका जिल्ला स्थित एक सुरक्षित आवास गृहको शरणमा छिन्।

२०७६ मङ्सिर १५ गते ४:५६ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: