A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार घटना धमाधम प्रहरीमा

गत चैत ३ गते मण्डनदेउपुर नगरपालिका–६ की १४ वर्षीया बालिका सामूहिक बलात्कारको सिकार भइन्। इन्द्रावती बगरमा बालुवा चालेर घर फर्किने क्रममा टिपर चालकले बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो। तेमाल गाउँपालिका–१ स्थित देच्छेलिङ गुम्बा परिसरमा असार २० गते राति नौ वर्षीयाको बलात्कारपछि हत्या भयो। फुपू पर्ने महिलाले परपुरुषसँग यौनसम्बन्ध राखेको देखेपछि घटना लुकाउन एलिसाको बलात्कारपछि हत्या भएको थियो। बारा बारागढी गाउँपालिका–६ का २३ वर्षीय जोखन मन्सुरले बलात्कार गरी मुख थुनेर मारेको बयान प्रहरीसामु दिएका थिए।  ५७ वर्षीया वृद्धा पनि सामूहिक बलात्कारमा परेकी थिइन्। बनेपा नगरपालिका– ८ पुण्र्यवती खोला किनारमा ६ जनाले बलात्कार गरी उनको ज्यान लिएका थिए। यस्तै, पनौती नगरपालिका–१२ भूमिडाँडामा बाबुले बलात्कार गर्दा बसेको गर्भपतन गर्न बाध्य भएकी थिइन्, १७ वर्षीया। किशोरीलाई बाबुले तीन वर्षदेखि बलात्कार गर्दै आएका थिए। अति भएपछि विदेशमा रहेकी सानीआमालाई फोन गरेर घटना बाहिर ल्याएको उनले बताएकी थिइन्। यी प्रतिनिधि घटना हुन्। प्रहरी तथ्यांकअनुसार जिल्लामा बलात्कार घटना बढ्दै गएको छ। प्रहरी अधिकारीले यसलाई पीडितले न्यायका लागि उजुरी दिने क्रम बढेको भने अथ्र्याएका छन्। पछिल्ला तीन वर्षमा बलात्कारका ९९ घटना प्रहरीमा दर्ता भए। जबर्जस्ती करणीका घटना २०७२/७३ मा २८, ०७३/७४ मा २९ र २०७४/७५ मा ४२ वटा दर्ता भएको पाइन्छ। बलात्कृत हुनेमा १६ वर्षभन्दा मुनिका ३९ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ। जबर्जस्ती करणीजन्य अपराध बढ्नुमा अधिक मात्रामा मदिरा तथा लागुपदार्थ सेवन, सूचना–प्रविधिको गलत प्रयोग, लोभलालच, गरिबी, करकाप, अशिक्षा, सामाजिक सुरक्षा अभावलगायत कारक रहेको डीएसपी दीपक गिरीले बताए। ‘घटना बढेको होइन, घटना खुल्न र पीडित प्रहरीकहाँ आउने संख्यामा वृद्धि भएको हो’, उनले भने, ‘पीडितलाई लोभलालच, धम्की, सामाजिक, आर्थिक र राजनीतिक प्रभावले घटना दबाउने कुराको अन्त्य भई पीडित न्यायका लागि प्रहरीकहाँ आउने संख्या बढेको हो। प्रहरी तथ्यांकअनुसार बलात्कारका घटना फागुनदेखि वैशाखसम्म बढी हुने गरेको छ। ९९ घटनामा ३० वटा यी महिनामा भएको पाइएको छ। ९९ घटनामा ३९ प्रतिशत पाँचदेखि १६ वर्षभन्दा कम उमेरका बालिका पीडित छन्। अधिकांश बालिका आफन्तबाट पीडित हुने गरेका छन्। बलात्कृत हुनेमा विद्यार्थी र मजदुर बालबालिका बढी रहेको तथ्यांकमा उल्लेख छ। यस्ता घटना सामाजिक, आर्थिक, राजनीतिक रूपमा दबाउन थालिएको पाइएको छ। महाभारत गाउँपालिकाकी एक जना बलात्कृत भइन्। तर, जनप्रतिनिधि र स्थानीय नेताको दबाब र परिवारको करकापमा घटना लुकाउन बाध्य भएको गुनासो उनले गरेकी थिइन्। विभिन्न दबाब, लोभलालच र परिस्थिति देखाएर घर र गाउँमै मिलापत्र हुने र प्रहरीमा आए भनसुन गर्न जनप्रतिनिधि र नेता आउने गरेको एक प्रहरीले बताए। ‘आफ्नो मान्छे परेपछि जनप्रतिनिधि र नेता दोषीलाई छुटाउन आउने गरेका छन्’, उनले भने।

बाल विवाह र बहुविवाह बढ्दै

जिल्ला प्रहरी काभ्रेका अनुसार २०७३/७४ मा बहुविवाहका उजुरी १४ वटा आएका थिए। त्यो संख्या २०७४/७५ मा २२ पुग्यो। २०७३/७४ मा शून्य रहेको बाल विवाह उजुरी २०७४/७५ मा दुइटा पर्‍यो। बाल विवाह र बहुविवाह बढ्नुमा सामाजिक कुरीति, अन्धविश्वास, सामाजिक सञ्जालको गलत प्रयोग, वैदेशिक रोजगारी, गरिबी र चेतनाको कमी कारक रहेको एसपी रविराज खड्काले बताए।

२०७५ चैत १३ गते ९:२८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: