समाचारमा बालबालिका

कञ्चनपुरमै १० वर्षीय बालकद्वारा ६ वर्षीया बालिका बलात्कृत

कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । कृष्णपुर नगरपालिका–१ मा १० वर्षीय बालकबाट ६ वर्षीया बालिका बिहीबार बलात्कृत भएकी हुन् । विद्यालयमै दिउँसो बालिका बलात्कृत भएको अभिभावकले बताएका छन् । छोरीले तल्लोपेटमा दुख्यो भनेपछि कपडा खोलेर हेर्दा योनीबाट रगत बगिरहेको देखेको र थप सोधपुछ गर्दा बलात्कार भएको खुलेको बालिकाकी आमाले बताएकी छिन् । तर, स्कुलका प्रधानाध्यापकले भने बिहान ७ बजे खुलेर दिउँसो साढे १२ बजे बन्द हुने गरेको र विद्यालयभित्र घटना भएकोमा विश्वास नलागेको बताएका छन् । ‘विद्यालय बिहान ७ बजे लाग्छ, दिउँसो १२ः३० मा बन्द हुन्छ,’ प्रधानाध्यापक दीपेन्द्र चौधरीले भने, घटना विद्यालयमा घटेको भए त थाहा हुनुपर्ने हो ।’ आरोपी बालक र पीडित बालिका दुवै स्थानीय कालिका माध्यमिक विद्यालयका विद्यार्थी हुन् । बालक ६ कक्षामा पढ्छन् भने बालिका दुई कक्षामा अध्ययनरत छिन् । बालिकालाई साँझ ६ बजेतिर महाकाली अञ्चल अस्पताल पु(याउँदासमेत रगत बगिरहेको थियो । यस आधारमा पनि बलात्कार पुष्टि भएको प्रहरीले बतायो । स्थानीयले विद्यालयभित्रै घटना भएकाले विद्यालय प्रशासनको पनि गल्ती औँल्याएका छन् । विद्यालयमै बालिका असुरक्षित रहेको भन्दै चिन्ता जनाएका छन् ।

पीडित बालिकाकी आमा भन्छिन्–छोरीले अप्ठ्यारो महसुस गरेपछि बुझ्दा थाहा पाएँ
छोरी दिउँसो १ बजेतिर घर आइपुगिन् । भात खाएलगत्तै पल्टिइन् । मैले होमवर्क गर भनेँ । तर, उनी पिर भयो ९दुख्यो० भन्दै रोइन् । कता पिर भयो, किन भयो भनेर सोधेँ । छोरीले तल्लो पेटमा पिर परेको बताइन् । कपडा खोलेर हेर्दा योनिबाट रगत बगिरहेको देखेँ । सोधपुछ गर्दा उनले एउटा बालकको नाम लिएर उसको दाइले जबर्जस्ती गरेको बताइन् । विद्यालय समयमै कक्षाकोठाभित्रै बलात्कार गरेको रहेछ । घटना थाहा पाएपछि तत्काल प्रहरीलाई खबर गरेँ ।

आरोपी बालक पक्राउ
आरोपी बालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बालिकाले दिएको बयानअनुसार बालकलाई पक्राउ गरेको जानकारी दियो । कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले मेडिकल रिपोर्टअनुसार घटनाबारे विस्तृत खुल्ने बताए । आरोपी नाबालक भएकाले बाल सुधारगृहमा राखेर कारबाही अघि बढाउने बताए ।

२०७५ असोज ५ गते प्रकाशित