समाचारमा बालबालिका

बालिका यौन दुर्व्यवहारको आरोपमा एकजना पक्राउ

चार वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जुम्ला चन्दननाथ नगरपालिका, ४ का ४८ वर्षीय श्यामराज भारतीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो। उहाँका अनुसार पीडित बालिकाका आफन्तले दिएको उजुरीपछि प्रहरीले भारतीलाई पक्राउ गरेको हो। बालिकालाई चैत १८ गते बिहान साढे ९ बजे अशोक नमूना आधारभुत विद्यालयमा खेलिरहेको समयमा यौन दुर्व्यवहार गरेको उजुरीमा उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक नवीन ओलीले पीडित बालिकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा थप अनुसन्धान भइरहेको छ।

२०७५ चैत २० गते ८:२७ मा प्रकाशित