A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका करणी मुद्दामा मिलापत्र गराउन गाउँले नै लागेको पीडितको गुनासो

४ वर्षीया बालिकाको जवर्जस्ती करणी भएको मुद्दालाई गाउँमै मिलाउन पीडित परिवारलाई दवाव दिन थालिएको छ । यशोधरा गाउँपालिका–२ की ४ वर्षीया बालिकालाई स्थानीय १८ वर्षीय नासिर हुसेनले बिहीवार राति ९ बजे जवर्जस्ती करणी गरेको भन्दै उनीमाथि आरोप लगाइएको थियो। तर अहिले यस विषयलाई गाउँमै मिलाउनुपर्ने भन्दै स्थानीय अगुवाहरुले नै पीडित परिवारलाई दवाव दिन थालेका हुन् । पीडित बालिकाका बावु आरोपित हुसेनको परिवार र गाउँलेले आफूलाई डर, धम्की देखाइ घटनालाई मिलापत्रमा टुंग्याउन दवाव दिएको बताउँछन् । ‘हुसेनका बावु अब्दुल हमिद, स्थानीय हजरत अली, आफत अली लगायतले हामीलाई आर्थिक प्रलोभन समेत दिएर निकै दवाव दिएका छन्,’ पीडित बालिकाका बावुले भने । उनले आफूलाई पैसा भन्दा पनि न्याय चाहिएको बताएका छन् । गाउँलेहरुले नै ठूलो दवाव दिएपछि बालिकाका आमा–बुवा सदरमुकाम तौलिहवामा सञ्चारकर्मीहरुसँग न्यायका लागि पहल गरिदिन आग्रह गरे । बिहीवार राति छिमेकी हुसेनले चकलेट दिएर छोरीलाई खेलाउने बाहानामा जवर्जस्ती करणी गरेको पीडित परिवारको आरोप छ । घर किनारमा रहेको पुरानो भत्केको घरमा हुसेनले छोरीलाई लगेर जवर्जस्ती करणी गरेको बालिकाकी आमाले बताइन् । पीडित परिवारले जवर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा हुसेन विरुद्ध किटानी जाहेरी समेत दिएको छ । प्रहरीलाई प्राप्त जाहेरीका आधारमा बालिकाको मेडिकल चेकजाँच गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए । मेडिकल रिपोर्टमा बालिकामाथि जवर्जस्ती करणी गरिएको देखिएको छ ।यस्ता जघन्य अपराधमा दुवै पक्षको सहमति भए पनि मिलापत्र हुनै नसक्ने प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । घटनाको थप अनुसन्धान अघि बढिसकेको र पीडकलाई हदैसम्मको कारवाही गरी पीडित परिवारले न्याय पाउनेमा विश्वस्त हुन प्रहरी नायब उपरीक्षक पाण्डेले बताएका छन्।

२०७६ साउन १२ गते ८:५८ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: