नवलपरासीमा ६० वर्षीय बाबुले गरे ११ बर्षकी छोरी बलात्कार
नवलपरासी जिल्लामा ६० बर्ष उमेरका ठुला बाबुले ११ वर्षीया भाईकी छोरीलाई बलात्कार गरेका छन् । बाबु–आमा दुबै सम्पर्कविहिन भई बेसहारा बनेकी ११ वर्षीया बालिका विवसता–२ (नाम परिवर्तनलाई )आफैले संरक्षण दिएर राखेका जेठा बाबु सुनवल नगरपालिका वडा नम्वर ४ का ६० बर्षीय कलंकराम (नाम परिवर्तन ) गत एक महिनादेखि बलात्कार गर्दै आएको आरोपमा आज पक्राउ परेका हुन् । नवलपरासीका प्रहरी प्रबक्ता डिएसपी बीरेन्द्र थापाका अनुसार उनले पैसाको प्रलोभन समेत देखाउँदै बालिकालाई बलात्कार गर्दै आएका थिए । उनलाई आजै जबरजस्ती करणीको मुद्धा दायर गरि अनुसन्धान थालिएको छ।
२०७६ भदौ २ गते प्रकाशित