A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार मुद्दामा परिवारकै असहयोग

काकाकी छोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले थालेको अनुसन्धानमा पीडित परिवारबाटै असहयोग भएको छ । बलात्कारपछि हत्या गरिएकी नाबालिकाकी आमा रमिलादेवीले अभियुक्त छुटाउन उच्च अदालत राजविराजमा बन्दीप्रत्यक्षीकरणको रिट हालेकी हुन् । आफ्नी छोरीको हत्या र बलात्कारका आरोपीलाई छुटाउन आमा नै अगाडि आएपछि हामी चकित भयौं,’ अनुसन्धानमा संलग्न सप्तरीका एक प्रहरी अधिकृतले भने । बलात्कार र हत्या गरेको आरोपमा पक्राउ गरिएका राजदेवलाई छुटाउन रमिलाले इलाका प्रहरी कार्यालय कल्याणपुर, इलाका इन्चार्ज र जिल्ला अदालतसमेतलाई विपक्षी बनाई मुद्दा दायर गरेकी थिइन् । मुद्दामा उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीश मोहनबहादुर कार्कीले बन्दी र लिखित जवाफसहित बाटोको म्यादबाहेक ४८ घण्टाभित्र उपस्थित हुन विपक्षीका नाममा आदेश जारी गरेका थिए । विपक्षी प्रहरीले सरकारी वकिल कार्यालयमार्फत जवाफ पेस गरेपछि बसेको अदालतको इजलासले पक्राउ परेका राजदेव मण्डललाई जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा थुनुवा पुर्जी दिई राखिएको, जिल्ला अदालतबाट म्याद थप गरिएको र अनुसन्धानका लागि मण्डललाई न्यायिक हिरासतमा राखिएको देखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने अवस्था नरहेको आदेश दिएको थियो । सप्तरीको खडग नगरपालिका–९ का १८ वर्षीय राजदेव मण्डललाई आफ्नै काकाकी ११ वर्षीया छोरीको माघ २५ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो । ‘घटनाको गहिरो अनुसन्धान सुरु गरेका छौं,’ जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले भने, ‘पीडित परिवारकै असहयोगका कारण अनुसन्धानमा केही कठिनाइ आएको हो । तर अदालतको आदेशपछि दोषीलाई कानुनी दायरामा ल्याउने गरी अनुसन्धान जारी छ ।

के हो प्रकरण ?
पुस २५ गते साँझ ५ बजेको समयमा आफ्नै कोठामा रहेकी पार्वतीलाई उनकै कोठामा ठूलो बुवाको छोरा राजदेव भेट्न गएका थिए । बिरामी अवस्थामा कोठाभित्र ब्लाङकेट ओढेर सुतिरहेकी पार्वतीलाई राजदेवले बलात्कार गर्न खोजेपछि उनी ब्युँझिएकी थिइन् । कोठा बाहिर घरका अन्य सदस्य रहेका बेला राजदेवले बहिनीलाई जबरजस्ती बलात्कार गरेको अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले जानकारी दिए । पार्वतीलाई दाजुले घरभित्रै बलात्कार गर्दा उनी चिच्याउन थालेपछि मानिसले थाहा पाउने डरले उनको शरीरमा चढेर घुँडाले थिची कुर्ताको तुनाले १५ मिनेटसम्म घाँटीमा कसेर राजदेवले हत्या गरेको अनुसन्धानबाट खुलेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । बहिनीलाई हत्यापछि राजदेव घरबाट फरार भएका थिए । पार्वतीको मृत्युपछि उनकै परिवारका सदस्यले घटनालाई भवितव्य बनाउन खोजेको प्रहरीको आरोप छ । पार्वतीको मृत्यु भइसकेपछि उनको शवलाई परिवारका सदस्यले तत्कालै अन्तिम संस्कार गर्न खोजेका थिए । अनुसन्धान अधिकृत प्रहरी निरीक्षक ढकालका अनुसार पार्वतीका मावलीतर्फका आफन्तले अस्पताल लैजानुपर्ने अडान लिएपछि उनलाई कल्याणपुरस्थित एडभान्स अस्पताल पुर्‍याएका थिए । त्यहाँ चिकित्सकले उनको मृत्यु भइसकेको बताएपछि सिरहाको लहानस्थित अस्पतालमा पार्वतीको शवलाई आफन्तले पुर्‍याएका थिए । साँझ ५ बजे नै पार्वतीको बलात्कारपछि हत्या भए पनि राति १० बजे लहान अस्पतालबाट खबर आएपछि मात्र घटनाबारे प्रहरीले जानकारी पाएको थियो । प्रहरी घटनास्थल पुग्दा पार्वतीका परिवारका सदस्यले सुरुमा उनको मृत्यु भवितव्य भएको भन्दै घटनालाई ढाकछोप गर्न खोजेको प्रहरी निरीक्षक ढकालले बताए ।

पीडक परिवारकै सदस्य भएको र बलात्कारपछि बहिनीको हत्या गरेको विषय भएकाले सार्वजनिक भए परिवारको प्रतिष्ठामै समस्या आउने भन्दै परिवारका सदस्यले घटनालाई लुकाउनका लागि भवितव्यमा परिणत गर्न खोजेको ढकालले जनाए । तर लहान अस्पतालमा चिकित्सकले मृतक पार्वतीको घाँटीमा नीलडाम देखेको र गोप्य अंगको अवस्थाले बलात्कार भएको आशंका गरेपछि मात्र प्रहरीले बलात्कार र कर्तव्य ज्यानको हिसाबले अनुसन्धान सुरु गरेको थियो । प्रहरीले घटनाको सूक्ष्म तरिकाले अनुसन्धान सुरु गरी शंकास्पद व्यक्तिमाथि निगरानी बढाएपछि मात्र राजदेवले पार्वतीको बलात्कारपछि हत्या गरेको रहस्य खुलेको थियो । केही स्थानीयवासीले दिएको गोप्य सूचना र राजदेवलाई निगरानीमा राखेर परिवारका सदस्यको बयानलाई सूक्ष्म तरिकाले अनुसन्धान गर्दा राजदेव दोषी पाइएपछि उनलाई गत माघ २८ गते प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा आरोपी राजदेवले आफू भावावेशमा आएर बहिनीलाई बलात्कार गरेको स्वीकार्दै उनी चिच्याउन थालेपछि हत्या गरेको स्वीकार गरेको प्रहरी निरीक्षक ढकालले जानकारी दिए । ‘सामाजिक संरचना र पारिवारिक निकटता हुँदाहुँदै यो घटना अत्यन्तै क्रूर र पाशविक ढंगको छ,’ प्रहरी उपरीक्षक सिंहले भने, ‘परिवारले नै घटना ढाकछोप गर्न खोज्दा प्रहरीलाई अनुसन्धान गर्न सुरुमा समस्या पर्‍यो ।’तत्काल पाउनुपर्ने सूचना परिवारबाटै नपाउँदा प्रहरी अनुसन्धान पनि सुरुमा भवितव्यतर्फ नै मोडिएको थियो । बहिनीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेका राजदेवलाई जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । उनीमाथि प्रहरीले मुलुकी ऐनको जबरजस्ती करणी महलको ३(२), हाडनाता करणी महलको २(१) र ज्यानसम्बन्धी महलको १३(३) बमोजिमको कारबाही मागदाबी गरेको छ ।

 २०७४ फागुन २६ गते ६:५३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: