A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थी पढाउँदै प्रहरी

जाजरकोट प्रहरीले जिल्लाका सबै सामुदायिक विद्यालयमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना प्रशिक्षण सञ्चालन गरेको छ। मावि तहमा विद्यार्थीलाई लक्षित गरेर सचेतनामूलक कक्षा चलाएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए। विद्यार्थीलाई केन्द्रित गर्दै विद्यालयमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिएको उनको भनाइ छ। एकहोरो पाठ्यपुस्तक मात्र रटेर बसेका विद्यार्थीलाई लागुऔषध दुर्व्यसनबिरुद्ध सचेतना प्रशिक्षणले नयाँ ज्ञान आर्जन भएको त्रिभुवन माविकी छात्रा प्रेमा कार्कीले बताइन्। लागुपर्दाथ सेवन, मानव बेचविखन तथा औसारपसार कसरी हुन्छ भन्ने विषयमा ज्ञान हार्सिल गरेको उनको भनाइ छ। समाजमा हुने विभिन्न किमिसका अपराधजन्य कुरा, कानुनमा भएको सजायको व्यवस्थाका विषयमा समेत जानकारी पाएको त्रिभुवन मावि नलगाड नगरपालिका(७ की छात्रा रमिता पुनले बताइन्। जाजरकोटका ७ वटा स्थानीय तहका विद्यालयमा यो कक्षा सञ्चालन गरिएको छ। सामुदायिक विद्यालयका कक्षा ८, ९ , ११ र १२ अध्यनरत  विद्यार्थीलाई लक्षित गरेर कक्षा सञ्चालन गरिएको छ। प्रहरीले कक्षाकोठामा विद्यार्थीलाई लागुऔषध भनेको के होरु व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछरु लागुऔषध मानिसले के कारणले गर्दा सेवन गर्न गर्छन्रु लागुऔषध सेवनपश्चातका लक्षण, कुलतमा फसेकालाई सुधार गर्न सकिने उपाय साथै लागुऔषधको सेवन, बिक्रीवितरण तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन २०३३ लगायतका नेपालमा प्रचलित कानुन र सजायको व्यवस्था बारेमा जानकारी दिँदै आएको जाजरकोट प्रहरी प्रमुख खत्रीले बताए। लागुऔषध नियन्त्रण तथा न्यूनीकरण गर्ने कार्यमा विद्यार्थी, विद्यालय र अन्य सरोकारवाला निकायले खेल्नु पर्ने भूमिका लगायतका विषयमा केन्द्रित गरि प्रशिक्षण दिइएको उनको भनाइ छ। झण्डै १२ देखि १९ वर्ष उमेरदेखि नै युवा लागुपदार्थको दुर्व्यसनीमा फस्ने गरेकोले विद्यालय तहबाटै यसको निराकरणका लागि प्रहरीले चलाएको कार्यक्रम प्रभावकारी बनेको विद्यालयका शिक्षकले बताए।

२०७६ भदौ १९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: