समाचारमा बालबालिका

१३ बर्षीया बालिका बलात्कार गर्ने प्रहरी फन्दामा

रामेछापको मन्थली नगरपालिका–३ घर भई काठमाडौं–८ फोर्सपार्क बस्दै आएका लेकलाल तामाङ्ग जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् । २१ वषीया तामाङ्गले रामेछापको फुलासी पोखरी घर भई काठमाडौँ महानगरपालिका–७ बस्ने १३ वर्षीया बालिकालाई आइतबार उनकै कोठामा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको बताईएको छ ।

२०७४ माघ ८ गते प्रकाशित