A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालयको पानी ट्यांकीमा विषादी : पानी पिउँदा १५ विद्यार्थी बिरामी

ट्यांकीमा विष हालेको पानी पिउँदा मोरङको लेटाङस्थित एक विद्यालयका १५ जना विद्यार्थी बिरामी परेका छन्। मोरङको लेटाङ जाँपेस्थित श्री माध्यमिक विद्यालयमा मंगलबार बिहान पानी पिउँदा विद्यार्थीहरू बिरामी भएका हुन्। सुरुमा ९ जना विद्यार्थी बिरामी भएकोमा पछि उक्त संख्या १५ पुगेको छ। बिरामी विद्यार्थीहरूलाई थप उपचारका लागि उर्लाबारीस्थित मंगलबारे अस्पताल लगिएको प्रधानाध्यापक खमराज दुलालले जानकारी दिए। विद्यालयको पानी ट्यांकीमा १०० मिलिलिटरको विषादीको बोत्तल भेटिएको छ। साइपर मेथिन ग्रुपको साइपिन नामको कीटनाशक विषादीको बट्टा ट्यांकीमा भेटिएको हो। पानी ट्यांकीमा कसले यस्तो कार्य गर्‍यो भन्नेबारे केही खुलेको छैन। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवराज खतिवडाले कसले विष हालेको भन्ने विषयमा अनुसन्धान थालिएको बताए। कृषि प्राविधिक देवीप्रसाद भट्टराईले  साइपिन बालीमा लागेका किरा नष्ट गर्न लगाइने विषादी भएको बताए। यो विषादी खाएमा तत्काल मानिस र पशुको ज्यान जान सक्छु, उनले भने, जुनसुकै किटपतंग र जनावरको पनि मृत्यु हुन्छ। विषादी हालेको १५ दिनसम्म कुनै पनि सागपात वा फल खान हुँदैन। विद्यालयको पानी ट्यांकीमा लेटाङ ८ तेलीखोलाबाट पानी ल्याएर हाल्ने गरिएको बुझिएको छ। विद्यालयमा ४९१ विद्यार्थी अध्ययनरत छन्।

२०७५ साउन २९ गते १:२७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: