A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bhbe0d9la2efveea1s6kqaippl3nju5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

किशोरी हत्याको आरोपमा आमा र काकासहित चार पक्राउ, बुवा फरार

पर्सामा आफ्नै परिवारजनले एक जना किशोरीको हत्या गरेको घटना प्रहरीले सार्वजनिक गरेको छ। १५ वर्षीया किशोरी पुनिता कुमारीको हत्या गरी शव जलाएर गाडेको आरोपमा पोखरिया नगरपालिका वाड नम्बर ९ सेमरवारीबाट आमासहित ४ जना पक्राउ परेका हुन्। गत पुस १ गते राति किशोरी पुनिताको हत्या भएको बताइएको छ। घटना भएको प्रहरीले सूचना प्राप्त गरेपछि खोजबिन थालेको थियो। गाउँबाट उत्तरतर्फ करिब २ किलोमिटरमा पर्ने नारा भनिने धुतहा नदीको किनारमा लगेर किशोरीको शव जलाएर पुरिएको अवस्थामा प्रहरीले अवषेश फेला पारेको छ। घटनामा संलग्न भएको भन्दै मृतक किशोरीकी आमा ३० वर्षीया शिवकली देवी, काका ३९ वर्षीय राजेन्द्र महतो तत्वा, अर्का काका २८ वर्षीय सन्तोष महतो तत्वा र ट्याक्टर चालक वडा नम्बर ८ बस्ने  १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो।प्रहरीका अनुसार पक्राउ परेकी शिवकली मृतक किशोरी पुनिताकी आमा हुन् भने बुवा वीरेन्द्र दास तत्वा फरार रहेका छन्। राजेन्द्र र सन्तोष काका हुन्। पुनिताको हत्या परिवारकै सदस्यबाटै भएको सूचना प्रहरीले पाएको थियो। त्यसपछि अनुसन्धान गर्दै जाँदा घटना खुलेको हो। ‘कुटपिट गरेर मारेको भन्ने सूचनाका आधारमा आमा शिवकलीसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक विरेन्द्रबहादुर शाहीले भने, ‘प्राप्त सूचना अनुसार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोली घटनास्थल पुग्दा पुनिताको शव जलाएर शरीरको अवषेशहरु गाडेको अवस्थामा फेला परेको थियो। गाडेको ठाउँबाट शरीरको भाग उत्खनन् गरी घटनास्थल शव जाँच गरि मुचुल्का गरिएको छ।’इलाका प्रहरी कार्यालय पोखरीयाबाट गएको टोलीका अनुसार घटनाको प्रकृति हेर्दा डिजल हालेर शव जलाएको जस्तो देखिन्छ। बचेको भाग अलि पर लगेर गाडेको फेला परेको छ। प्रहरीलाई घटनाको जाहेरी आएको थिएन। बालिका हराएको निवेदन परिवारबाट प्राप्त भएको थियो। गोप्य सूचनाको आधारमा प्रहरी घटनास्थल र जलाइएको शरीरको अंश फेला परेको थियो। प्रहरीले यसपछाडिको कारण भने प्रारम्भीक रुपमा खुलाएको छैन। ‘हामीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं,’ प्रहरी उपरीक्षक शाहीले भने, ‘बयान लिन बाँकी छ, अनुसन्धान पनि बाकी छ। अनुसन्धान गर्दै जाँदा घटनाबारे विस्तृत जानकारी खुल्नेछ।’परिवारको इच्छा बिपरित छोरीचेलीले प्रेम सम्बन्ध वा घनिष्ट सम्बन्ध कुनै केटा मान्छेसँग बनाएपछि बालिकाहरु मारिएको घटना यसअघि पनि वर्षैपछि सार्वजनिक हुने गरेको छ। स्थानीयले पनि यस घटनालाई त्यसै प्रकृतिको आँकलन गरेका छन्। प्रहरीले भने केही खुलाएको छैन।

२०७६ पुष २३ गते १२:४१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: