A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

परपुरुषसँग लागेपछि विष खुवाई ४ वर्षे छोराको हत्या

सल्यानमा एक युवतीले आफ्नै छोरालाई विष खुवाएर मारेको खुलेको छ । छत्रेश्वरी गाउँपालिका ४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ । सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीका अनुसार परपुरुषसँग सम्बन्ध राखेकी केसीले छोरा समीरलाई गत पुस २८ गते सल्फास नामको विषादी खुवाएकी थिइन् । बालकले वान्ता गर्न थालेपछि श्रीनगरको अधिकारी पोलिक्लिनिकमा उनैले लगिन् । त्यहाँ डाक्टरले बालकलाई मृत घोषित गरेका थिए । त्यसपछि बालकलाई गाउँमा ल्याई दाहसंस्कार गरिएको थियो । बालकको दाहसंस्कार गरेको साँझ सोही घरमा बास बसेका पाहुनाहरुबाट प्रहरीले घटना शंकास्पद रहेको जानकारी पाएपछि अनुसन्धान सुरु गरेको थियो । ‘बास बसेका पाहुनाहरुले कोठामा सुत्ने क्रममा विषादीको गन्ध र धुलो देखेपछि शंका लागेर प्रहरीलाई खबर गरे, अनि हामी पुगेका हौं’ डीएसपी शाहीले भने । प्रहरीले आमा एलिशालाई पुुस २९ गते पक्राउ गरेको थियो । भारतमा काम गर्ने एलिशाका श्रीमान घटना हुनुभन्दा १० दिनअघि मात्र घरविदा सकेर काममा फर्किएका थिए । प्रहरीसँगको बयानका क्रममा एलिशाले श्रीमानले आफूलाई कुटपीट गर्नुका साथै अर्को विहे गर्ने चेतावनी दिएको आरोप लगाएकी छन् । आफ्नो पनि एक युवकसँग सम्बन्ध रहेको र उसलाई आफू अविवाहित हुँ भनी ढाँटेको उनको स्वीकारोक्ति छ । ती यूवकसँग बिहे गर्ने योजना रहेको पनि उनले बताएकी छन् । श्रीमान र श्रीमती दुवैले अर्को विहे गरेपछि बच्चाले दुख पाउँछ भनेर घटना घटाएको भन्ने बयान दिएकी छिन्,डीएसपी शाहीले भने । एलिशाले कर्तव्य गरी छोरालाई मारेको देखिन आएको भनी माघ २२ गते प्रहरीले जिल्ला अदालतमा पेश गरेको छ ।

२०७५ माघ २३ गते १:५६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: