A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जंगलमा हराएका बालबालिका सेना र प्रहरीले उद्धार गर्योा, अभिभावक भन्छन्: धामीले भनेको मिल्यो

अझै पनि जाजरकोटमा  बच्चा हराएपछि अभिभावक धामी हेराउन जाने चलन छ । धामीले भोलि बच्चा भेटिन्छ भनेपछि उनीहरुको खोजी नगरेर अभिभावक घरमा गएर बस्छन् । तर भोलिपल्ट जनप्रतिनिधिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले खोजी गर्छन् र बालबालिका जंगलमा घाइते अवस्थामा फेला पार्छन् । अभिभावक भने धामीले भनेको मिल्यो भन्दै धामीको तारिफ गर्छन् । भर्खरै यस्तै घटनाको साक्षी बनेको जाजरकोटको पुन्मा गाउँ । जाजरकोटको जंगलमा हराएका दुई बालबालिकलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेको छ । जाजरकोटको  भेरी नगरपालिका–६, पुन्माका दुर्गबहादुर पुनका ५ वर्षीय छोरा वीरबहादुर पुन र तिलक पुनकी ६ वर्षकी छोरी कविता पुनलाई जंगलवाट सेना र प्रहरीले उद्धार गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी  ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।बस्नेतका अनुसार आइतबार घरमा आमाबुवा नभएको बेला दिउँसोको समयमा नजिकैको जंगलमा हराएका थिए ।  उनीहरुलाई वडा अध्यक्ष शशी ढाले फोनबाट खोजी गरिदिन आग्रह गरेपछि जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी जगतीपुरको प्रहरी टोली र नेपाली सेनाको ज्वालादल गण मालिका ब्यारेकका सेनाको टोली खटिएको थियो । उनीहरुले दुई जनालाई नै जंगलबाटै उद्धार गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी रविन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।घर नजिकैको बाटोमा आएका बाँदरलाई लखेट्न भन्दै जंगलतिर दौडिएका ती बालबालिकाहरु पुरै एक रात जंगलमा निकै पीडाका साथ रहेको र सोमबार बिहान मात्र प्रहरी र सेनाको टोलीले दुवै जनालाई घाइते अवस्थामा फेला पारेको प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार  बालिकाको टाउकोमा चोट लागेको र उनको अवस्था गम्भीर रहेकोले उनलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । बालकलाई भने जिल्ला  अस्पतालमा प्राथमिक उपचार गरी घर पठाइएको छ । जंगलमा हराइरहेकी कविता झाडीमा खसेर घाइते बनेको अवस्थामा भेटिएकी थिइन् ।  वीरबहादुर भने खाल्डो परेको जमिनमा चिसोले काम्दै घोप्टो परेर सुतिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घरमा बच्चा हराएपछि अभिभावकहरु धामी हेराउन गएको र धामीले भोलिपल्ट भेटिन्छ भनेपछि खोजी नगरेर उनीहरु घरमा गएर सुतेको पनि प्रहरीले जनाएको छ । बालिका कविताको पारिवारिक अवस्था दयनीय रहेको र उनको थप उपचारको लागि सरोकारवाला निकायले सहयोग गरिदिन आवशयक रहेको स्थानीयहरुले अनुरोधसमेत गरेका छन्।

२०७५ माघ २१ गते ८:४१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: