A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालक अपहरणका फरार अभियुक्त पक्राउ

पर्साको पर्सागढी नगरपालिका-३ रहेको घरको आगनमा खेलिरहेका ३ वर्षीय बालकलाई अपहरण गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन्। उनलाई पर्सा प्रहरी मातहतको प्रहरीले उनकै गाउँघर वीरगन्ज महानगरपालिका-३१ प्रसौनीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ पर्ने व्यक्ति रुस्तम देवान रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले बताए। अभियुक्त देवानले गएको असोज ३० गते आफ्नै घरको आगनमा खेलिरहेका पर्सागढी नगरपालिकाका-३ का बलराम उपाध्यायका ३ वर्षीय नाति आयुष मैनालीलाई अपहरण गरी बन्धक बनाएका थिए। प्रहरीले अपहररित बालकलाई हराएको केही समयपछि सकुसल उद्धार गरे पनि अपहरणमा संलग्न देवान भने फरार थिए। फरार रहेका उनलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक शाहीले बताए। प्रहरीले पक्राउ गरेका देवानलाई अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। त्यसैगरी, पर्सा प्रहरीले पर्सा जिल्ला अदालतले ३ महिना कैद र १ हजार ५०० जरिवाना तोकेका लागुऔषध मुद्दाका फरार कसुरदारलाई पनि पक्राउ गरेको छ। पक्राउ गरेका फरार कसुरदार वीरगन्ज महानगरपालिका-२ का ४२ वर्षीय नवीर रहसुल रहेको पर्सा प्रहरीले जनाएको छ।

२०७६ कात्तिक ६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: