समाचारमा बालबालिका

कानको सुन लुट्न बच्चा अपहरण

कानमा लगाएको बच्चाको सुन लुट्न बच्चालाई ललाई फकाई अपहरण गरिएको छ । बच्चाहरुलाई फकाउने र आफुसँग नजिक बनाएपछि एकान्त पु¥याएर कानमा लगाएको सुन लुटेर अलपत्र पारी फरार हुने ब्यत्तिलाई प्रहरीले पक्राउ गरेको छ । सधै घरमा आउने, होटलमा चिया खाने बाहनामा बच्चासँग नजिक हुने र बच्चालाई अपहरण गर्नै नयाँ शैली सार्वजनिक भएको छ । साविक देविटार गाविस हाल धुलिखेल नगरपालिका १ घर भएका २८ बर्षिय मनोज भुजेलले बनेपा आसपासका क्षेत्रबाट बच्चाहरुसँग नजिक भएर अपहरण गरी उनिहरुले लगाएको कानको मुद्रा लुटेर छाडिदिने गरेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिल जंग शाहका अनुसार भुजेलले गत जेठ २१ गते सिन्धुली नेत्रकाली गाविस ३ घर भई बनेपा ६ मा होटल ब्यवसाय गर्दै आएका सुर्दशन मोक्तानको २३ महिनाकी छोरीलाई विस्कुट दिएर माया गर्ने नाममा अपहरण गरी गोसाईस्थान जंगलमा पु¥याई उनले कानमा लगाएको मुन्द्रा फुकालेर बालिकालाई जंगलमै बेवारिसे अवस्थामा छाडेर फरार भएका थिए ।

सधै होटलमा चिया खान आउने र बच्चासँग नजिक भएर माया गर्ने गरेका भुजेलले सोहि दिन दिउसो पनि त्यसै गरेका थिए । बालिका काखमा लिएर उनलाई फकाउने, विस्कुट दिने तथा गुलियो चकलेट दिएर फकाई फकाई आफुसँगै लैजाने योजनामा भुजेल सफल भएका थिए । जंगलमा बच्चा छाडेको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । सुर्दशन मोक्तानको परिवारले पनि बच्चा हराए लगत्तै प्रहरीमा जानकारी गराएका थिए । छोरीको मञ्जुरीविना लगेको र बालबालिकाहरुलाई फकाउँदै जंगलमा लगेर बेवारिसे अवस्थामा पु¥याएको फेला पारेपछि मोक्तान परिवारले प्रहरीमा अपहरणको उजुरी गरेको थियो । बालिकाको कानमा २४ लालको सुनको मुन्द्रा थियो । त्यहि मुन्द्राका लागि उनले बालिकाको अपहरण गरेका थिए । केहि समय अघि उनै भुजेलले सिन्धुली जिल्ला नेत्रकाली गाविस ८ घर भई बनेपा बस्दै आएका ज्ञानध्वज वाईवाका ९ वर्षिय छोरा प्रकाश वाईवाको कानमा लगाएको मुन्द्रा त्यहि शैलीमा चोरेका थिए । परिवारले दिएको उजुरीका आधारमा प्रहरीले भुजेललाई पक्राउ गरी आवश्यक कारवाही गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंग शाहले भने ।

२०७५ असार ८ गते प्रकाशित