A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session4psvpnbfkate1nita0gohtavgnvgd58d): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नगरपालिकाभित्रैकै बालबालिका खोपबाट वञ्चित

जन्मिएदेखि १५ महिनासम्मका बालबालिकाले विभिन्न रोगविरुद्ध लगाउने सात वटा खोप नगरपालिकाका केहि बस्तीका बालबालिकाले पाएका छैनन्। छायानाथ रारा नगरपालिका–१३ लापु गाउँकी २२ वर्षिया कमला विक र २५ वर्षिया गिता विक पिठ्युउमा काखे नानी बोकेर आइतबार जिल्ला स्वास्थ्य सेवा कार्यालयतर्फ आउँदै थिइन्। चर्को घाममा दुई घण्टाको पैदल बाटो हिडेर अघिल्लो दिन शनिबार जिल्ला स्वास्थ्य सेवा कार्यालयमा पुगिन तर शनिबार भएकाले खोप लागउन भने पाईनन् र पुःन बेलुका दुई घण्टा हिडेर घर फर्किन। विक जस्तै वडा नम्बर १३ र १४ सयौं आमा, बालबालिकाले गएको भदौबाट खोप लगाउन सदरमुकाम आउन बाध्य छन्। स्वास्थ्य चौकी वाममा कार्यरत स्वास्थ्यकर्मी काजमा बसेका र मातहतको थार्प सामुदायिक स्वास्थ्य इकाईमा विवाद भएपछि कर्मचारीले काम नगर्दा यो गएको भदौदेखि यस्तो समस्या आएको आइतबार प्रसुती सेवा प्रवाह सम्बन्धि अनुगमन गर्न गएको युनिसेफ नेपाल, नगरपालिकासहितको संयुक्त अनुमनमा यस्तो देखिएको हो। छायानाथ रारा नगरपालिका वडा नम्बर १३ र १४ वाम, सुम्ली, लुम, रुगा, थार्प, लह, लापु र तिर्पका पाँच वर्ष मुनिका ६ सय ६३ जना  र जन्मिदेखि १५ महिनासम्मका ७२  गर्भवती तथा बालबालिकाले गएको भदौदेखि खोप पाउन नसकेको स्थानीयले बताएका छन्। यी गाउँ वस्तिका लागि स्वास्थ्य चौकि वामले समेट्ने भए पनि कर्मचारी अभावका कारण गाउँमा पुगेर खोप लगाउन नसकिएको वाम स्वास्थ्य चौकिका इन्जार्च बद्रिनाथ थापाले जानकारी दिए। स्वास्थ्य चौकिका लागि दुई जना अनमी, एक एक जना अहेव र एक जना हेल्थ असिस्टेण्ट रहे पनि नगरपालिकाले सदरमुकाममा काजमा राख्दा हरेक महिनाको दुई गते सञ्चालन गर्नुपर्ने खोप कार्यक्रम प्रभावित बनेको इन्चार्ज थापाको भनाई छ। वाम हेल्थ पोष्ट मातहत रहने गरि वडा नम्बर १३ मा रहेको सामुदायिक स्वास्थ्य इकाईमा फेज नेपाल नामक गैरसरकारी संस्थाले कर्मचारी व्यवस्थापन गरे पनि राजनीतिक विवादका कारण सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ। अहिले फेजका कर्मचारी पनि दसैं विदामा गएकाले थार्पमा रहेको सामुदायिक स्वास्थ्य ईकाई र प्रसुति केन्द्र बन्द रहेको छ। सदरमुकामसमेत रहेको नगरपालिकाभित्रैका बस्तिमा यस्तो लार्पवाही देखिनु स्थानीय सरकारकै कमजोरी रहेको स्थानीयले बताएका छन्। काजमा रहेका वाम स्वास्थ्य चौकिका स्वास्थ्यकर्मीलाई तत्काल फिर्ता पठाइने र प्रसुति सेवासहितको अन्य स्वास्थ्य सेवा प्रवाह गर्ने गरि वडा नम्बर १३ थार्प गाउँमा स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाईका लागि पन्ध्र दिनभित्र कर्मचारी भर्नाका लागि विज्ञापन खोली दक्ष स्वास्थ्य कर्मि खटाउने तयारी नगरपालिकाले गरि रहेको छायानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत पशुपति शाहीले बताए। खोप ऐन २०७२ अनुसार खोप पाउने बालबालिका, गर्भवती आमा खोपबाट बञ्चित भएमा वा, अदक्ष व्यक्ति खोप लगाएमा र दक्ष मान्यता प्राप्त व्यक्तिले खोप लगाई हानी नोक्सानी भएमा  दोसी व्यक्तिबाट क्षतिपुर्ति भराई  जेल हाल्ने सक्ने कानुनी प्रावधान रहेको छ।

२०७६ कात्तिक ४ गते ३:४७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: