A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मानव बेचबिखनविरुद्ध विद्यार्थी पढाउँदै प्रहरी

जाजरकोट प्रहरीले जिल्लाका सबै सामुदायिक विद्यालयमा मानव बेचबिखनविरुद्ध सचेतना प्रशिक्षण सञ्चालन गरेको छ। मावि तहका विद्यार्थीलाई लक्षित गरेर मानव बेचबिखन विरुद्ध सचेतनामूलक कक्षा चलाएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए। विद्यार्थीलाई केन्द्रित गर्दै विद्यालयमा दुव्र्यसन विरुद्ध सचेतना प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिएको उनको भनाइ छ। एकोहोरो पाठ्यपुस्तक मात्र रटेर बसेका विद्यार्थीलाई मानव बेचबिखन विरुद्ध सचेतना प्रशिक्षणले नयाँ ज्ञान आर्जन भएको त्रिभुवन माविकी छात्रा प्रेमा कार्कीले बताइन्। लागुपर्दाथ सेवन, मानव बेचबिखन तथा ओसारपसार कसरी हुन्छ भन्ने विषयमा ज्ञान हासिल गरेको उनको भनाइ छ। हाम्रो समाजमा हुने विभिन्न किमिसका अपराधजन्य कुरा, कानूनमा भएको सजायको व्यवस्थाका विषयमा समेत जानकारी भएको त्रिभुवन मावि नलगाड नगरपालिका–७ की छात्रा रमिता पुनले बताइन्। जाजरकोटका सात स्थानीय तहका विद्यालयमा यो कक्षा सञ्चालन गरिएको छ।  सामुदायिक विद्यालयका कक्षा ८, ९, ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर सो सम्बन्धी कक्षा सञ्चालन गरिएको हो। प्रहरीले कक्षाकोठामा विद्यार्थीलाई मानव बेचबिखन भनेको के हो रु व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के–कस्तो प्रभाव पार्दछ रु लागुऔषध मानिसले के कारणले गर्दा सेवन गर्ने गर्छन् रु, लागुऔषध सेवनपश्चातका लक्षण, कुलतमा फसेकालाई सुधार गर्न सकिने उपायका साथै लागुऔषधको सेवन, बिक्री वितरण तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन २०३३ लगायत नेपालमा प्रचलित कानून र सजायको व्यवस्था बारेमा प्रशिक्षणमा जानकारी दिँदै आएको छ। मानव बेचविखनबाट हुने हानी, बेफाइदा कार्यमा विद्यार्थी, विद्यालय र अन्य सरोकारवाला निकायले खेल्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रीत गरी प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए। झण्डै १२ देखि १९ वर्ष उमेरदेखि नै युवाहरु मानव बेचबिखन सिकार हुने भएकाले विद्यालय तहबाटै यसको निराकरणका लागि प्रहरीले चलाएको कार्यक्रम प्रभावकारी बनेको विद्यालयका शिक्षकहरुले बताएका छन्। यस्ता खालका कार्यक्रम प्रत्येक महीना गरिनुपर्नेमा अभिभावकको जोड छ।

२०७६ भदौ २० गते ११:१९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: