A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionl8pkhpv1idlvpi12k0okt32c0f9ffdv5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पहिरोमा बाबुआमा गुमाएका बालबालिकालाई राहत

सरकारले ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं. ८ मा पहिरोमा परि ज्यान गुमाएका परिवारका आफन्तलाई राहत उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगामार्फत मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरेको हो । पहिरोले पुरिएर ज्यान गुमाएका चार जनाको जनही एक जाखका दरले चार लाख रुपैयाँ परिवारका सदस्यलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘एकै परिवारका चार जनाले ज्यान गुमाएका थिए, पहिरोबाट जोगिएका तीन जना नाबालकलाई चार लाख रुपैयाँ बैंकमा खाता खोलेर मुद्दतीमा जम्मा गरिदिएका छौं, उनीहरुलाई संरक्षकको रुपमा फुपाजुले राखेका छन् ।’गएको भदौ १३ गते राति घरमाथिबाट आएको पहिरोले घर पुर्दा परिवारका रागादीपको खिम्लीका ५० वर्षीय पूर्णबहादुर राई, ४० वर्षीय श्रीमती धनकुमारी  राई, ५५ वर्षीया दिदी मित्रमाया राई र पूर्णबहादुरका तीन वर्षीय छोरा अनिष राईको मृत्यु भएको थियो । राई परिवारका १३ वर्षीया छोरी उर्मिला राई, ७ वर्षकी शुसिला राई र ६ वर्षका छोरा आषिश राई मावली घरमा भएकाले पहिरोबाट जोगिएका थिए । उनीहरु तीन जनाको नाममा राष्ट्रिय बाणिज्य बैंकमा मुद्दती खाता खोलेर चार लाख रुपैयाँ जम्मा गरिएको हो । ब्याजबाट पढाइ खर्च र बसोबासका लागि पुग्ने र उमेर पुगेपछि उनीहरुले उक्त रकम निकालेर प्रयोग गर्न सक्ने मोलुङ ८ का वडा अध्यक्ष हरिकुमार राईले बताउनुभयो । 

२०७५ असोज ४ गते ९:३२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: