A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session0fl6qtkk652nheqs04but7vkerjv16gh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिकाको सामूहिक बलात्कार गर्ने ६ मध्ये तीनजना पक्राउ

रंगेली प्रहरीले बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । रंगेली–३ की १३ वर्षिया बालिकालाई सामुहिक बलात्कार गरेको आरोप लागेका ६ मध्ये ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोहि ठाउँका २४ वर्षीय तल्तु मुर्मु, २० वर्षीय सुरेन्द्र मरण्डी र २३ वर्षीय बगन सरदारलाई प्रहरीले पक्राउ गरेको हो । १५ जेठमा बालिकालाई उनीहरुले एकान्तमा मौका छोपेर सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न तीन जना फरार रहेको र उनीहरुको खोजी भैरहेको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर कविन्द्र कार्कीले बताए ।

बालिकाको बलात्कार पछि हत्या गर्ने अझै फरार
८ वैशाख २०७५ मा मोरङको सुनबर्षी नगरपालिका–७ मा ताइफुन मियाँकी १३ वर्षीया छोरी अफसना खातुनको बालात्कारपछि हत्या गर्नेहरु अझै पक्राउ परेका छैनन् । हत्यामा संलग्नहरुको पहिचान भएपनि उनीहरु गाउँ छाडेर भारततर्फ भागेका कारण पक्राउ गर्न नसकिएको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर कविन्द्र कार्कीले जानकारी दिए । बालिकाको शव घर नजिकै पाँच सय मिटर उत्तरको मकैबारीमा विभत्स अबस्थामा फेला परेको थियो ।

मिक्लाजुङकी शान्ति तामाङका हत्यारा अझै पक्राउ परेनन्
यस्तै, २० फागुन २०७४ मा मिक्लाजुङ गाउँपालिका–७ की सुस्तमनस्थिती भएकी ४५ वर्षीया महिला शान्ति तामाङलाई बलात्कार गरी ढुंगाले किचेर हत्या गर्नेहरु पनि अझै पक्राउ परेका छैनन् । प्रहरीले शान्तिको हत्यामा संलग्नहरुलाई पक्राउ गर्न विशेष टोली परिचालन गरेको जनाएको छ ।

भारत पलायन भएकाले बृद्ध पहाडचन्दको हत्यामा संलग्न पक्राउ गर्न गाह्रो
१२ असार २०७४ मा मोरङको रंगेली–९ बनकोल निवासी ६० वर्षीय बृद्ध पहाडचन्द राजबंशीको हत्याका आरोपीहरु पनि अझै पक्राउ पर्न सकेका छैनन् । हत्या आरोपीहरु भारत पलायन भएकाले पक्राउ गर्न नसकिएको प्रहरीले बताउँदै आएको छ ।

बालक सहनीको हत्याको रहस्य अझै खुल्न सकेन
यस्तै, १५ भदौ २०७२ मा मोरङको कटहरीमा स्थानीय प्रमोद सहनीका ११ वर्षीय छोरा फुदन सहनीको हत्या गर्नेहरु पनि पक्राउ परेका छैनन् । प्रहरीले प्रभावकारी अनुसन्धान नगर्दा उक्त हत्याको रहस्य अझै खुल्न सकेको छैन । मोरङ प्रहरीले सबै हत्यामा संलग्नहरुको खोजी भैरहेको बताउदै आएको छ ।

२०७५ असार ९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: