A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiontqo424b16ll3v721ndbbcpu36lr4l91k): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ललितपुरमा १६ वर्षीया किशोरी र ८ वर्षीया बालिकामाथि दाजु–भाइद्वारा यौनशोषण

ललितपुर महानगरपालिका–१४ बुढाथोकीगाउँ स्थित साढे २ तले घरमा तीन परिवार विगत ५ वर्षदेखि भाडामा बस्दै आएका थिए । ४ वर्षदेखि पेन्टरको काम गर्दै आएका ३५ वर्षीय भारतीय नागरिक पनि सोही घरको भुइँ तल्लामा एक कोठा भाडामा लिएर बस्थे । भारतीय नागरिक सञ्जय मण्डलसँगै छेउको २ वटा कोठामा श्याम (नाम परिवर्तन)को ४ जनाको परिवार बस्थ्यो भने घरबेटी बस्ने नजिकै कृष्ण ९नाम परिवर्तन० को पनि ४ जनाको परिवार एउटा कोठामा बस्दै आएको थियो । सबैको सबैसँग राम्रो चिनजान थियो । एकआपसमा दुःखसुख साटासाट गर्थे । ज्याला मजदुरी गरेर आफ्नो परिवार पाल्दै आएका थिए उनीहरु । श्यामको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन् । ज्याला मजदुरी गरेरै भए पनि श्यामले छोराछोरीलाई लखनखेलस्थित एक स्कुलमा पढाउँदै आएका थिए । श्रीमती घरकै काममा व्यस्त हुन्छिन् ।सन्तानमा श्यामकी छोरी सीता (नाम परिवर्तन) जेठी हुन् । सीता अहिले १६ वर्षकी भइन् । उनको भाइ पनि भर्खरै १६ वर्ष टेकेका छन् । यता कृष्णको परिवारमा पनि श्रीमती, एक छोरा र एक छोरी छन् । कृष्णले पनि छोराछोरीलाई घरनजिकैको स्कुलमा पढाएका छन् । ११ वर्षीय छोरा ५ कक्षामा अध्ययनरत छन् भने ८ वर्षीया छोरी गीता (नाम परिवर्तन)  कक्षा ३ मा अध्ययनरत छिन् । दुई परिवार अहिले तनावमा छन् । यतिबेला श्यामकी १६ वर्षीया छोरी र कृष्णको ८ वर्षीया छोरी बलात्कारको शिकार भएका छन् भने त्यसको आरोपमा उनीहरुका छोरा प्रहरी हिरासतमा छन् । आफ्नै परिवारजस्तै गरेर बस्दै आएका भारतका बाँका जिल्ला मागलपुर खुल्लीडुमरका ३५ वर्षीय सञ्जय मण्डलसहित दुई दाजुभाईबाट गीता र सीता बलात्कारको शिकार भएका हुन् । बलात्कारको आरोपमा शुरुमा मण्डल पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान थालेपछि गीतालाई आफ्नै दाइ र सीतालाई आफ्नै भाइले पनि बलात्कार गरेको खुल्न आएको छ । सीता र गीतालाई बलात्कार गरेको आरोपमा यतिबेला उनीहरुका दाजुभाइसँगै ४ जना महानगरीय प्रहरी वृत्त सातदोबाटोको हिरासतमा छन् ।

दुवैलाई एकै पटक बलात्कार

मण्डलले ८ वर्षकी गीतालाई ३० रुपैयाँ र १६ वर्षकी सीतालाई ५० रुपैयाँ दिएर शुरुमा एकै पटक बलात्कार गरेको खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले बताए । विगत केही महिना यता मण्डलले कहिले २० त कहिले ३० रुपैयाँ दिएर फकाउँदै उनीहरुमाथि यौनशोषण गर्दै आएका थिए । एसएसपी धानुकले भने, ‘मण्डलले छुट्टै बोलाएर पनि उनीहरुमाथि यौनशोषण गर्दै आएको पाइएको छ । घरमा कोही नभएको मौकामा मण्डल उनीहरुको कोठामा जाने र फकाउँदै शोषण गर्ने गरेको एसएसपी धानुकको भनाइ छ ।पछिल्लो समय मण्डलले १६ वर्षकी सीतालाई २०० रुपैयाँ दिएर यौनशोषण गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

आफ्नै दाजुभाइले पनि छाडेनन्

मण्डलसँगै जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका अन्य २ जनामा सीताका भाइ र गीताको दाइ रहेका छन् । प्रहरीका अनुसार १६ वर्ष टेकेका भाइले सीतालाई पटक–पटक यौनशोषण गर्दै आएको खुल्न आएको छ । घरमा आमाबुबा नभएको मौकामा भाँडाकुट्टी खेल्ने भन्दै कोठामै सीतालाई यौनशोषण गर्दै आएको पाइएको हो । एउटै घरमा सँगै बस्ने भएपछि सीताको कोठामा गीता र उनको दाइ पनि खेल्न आउँथेँ । सोही क्रममा गीताको ११ वर्षीय दाइले पनि सीतालाई बलात्कार गरेको खुल्न आएको छ ।यता, गीतालाई पनि सीताको भाइले बलात्कार गर्दै आएको प्रहरीको भनाइ छ । चार जना मिलेर भाँडाकुट्टी खेल्ने भन्दै कोठामै जबर्जस्ती करणी हुने गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए ।

अनुसन्धानमा विकेशको पनि संलग्नता खुल्न आएपछि

मोरङ पथरी घर भई हाल ललितपुर महानगरपालिका–१४ शोभाहिटी बस्दै आएका १९ वर्षीय विकेश खड्का पनि १६ वर्षीया सीतालाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा छन् । विकेशले प्रहरीसमक्ष डेढ वर्षअघि फेसबुकमार्फत चिनजान भएको सीतालाई पछिल्लो समय नदेखेको बताएका छन् । सीतासँग डेढ वर्षअघि सहमतिमै यौनसम्पर्क भएको विकेशको भनाइ छ ।त्यतिबेला सीताको स्कुल छुट्टी हुनासाथ हामी भेटेर सीताकै कोठामा गएर यौनसम्पर्क गर्ने गरेको विकेशले प्रहरी समक्ष बताएका छन् ।प्रहरीका अनुसार विकेशविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै सीताले किटानी जाहेरी दिएपछि पक्राउ परेका हुन् ।

सीता ४ जनाबाट र गीता ३ जनाको शिकार

१६ वर्षीया सीता ४ जनाबाट बलात्कारको शिकार भएकी प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । सीतालाई सुरुमा भारतीय नागरिक सञ्जय मण्डलले बलात्कार गरेका थिए ।यस्तै विकेशले पनि प्रहरी समक्ष सीतासँग यौनसम्पर्क राख्ने गरेको बताएका छन् । आफ्नै भाइ र गीताको भाइबाट पनि सीता शिकार भएकी छन् ।यता, गीता भने ३ जनाको शिकार भएकी छन् । सुरुमा भारतीय नागरिक मण्डलको शिकार भएकी गीता विकेशसँग भने जोगिएकी छन् ।सीताको भाइ र आफ्नै दाइबाट पनि गीता यौनशोषणको शिकार भएकी छन् ।

यसरी परे प्रहरीको फन्दामा १

विगत ३, ४ महिनादेखि कहीँकतै हल्ला नभएको खबर प्रहरीले भदौ ६ गते मात्र घटनाबारे थाहा पाएको थियो । प्रहरीलाई घटनाबारे जानकारी उनीहरु बस्दै आएको घरबेटीले दिएका हुन् ।प्रहरीका अनुसार १६ वर्षीया सीताले घटनाबारे घरबेटीलाई बताएको खुल्न आएको छ । घरबेटीले दिएको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरुको संलग्नता रहेको खुल्न आएको डीएसपी मिश्रले बताए ।घटनाबारे परिवारलाई थाहा भएपछि गीता र सीताले प्रहरीमा उनीहरु चारैजना विरुद्ध जबर्जस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । सोही आधारमा चारैजना भदौ ७ गते साँझ आफ्नै डेराबाट पक्राउ परेका हुन् ।पक्राउ परेका चारैजना माथि जबर्जस्ती करणी मुद्दामा आज जिल्ला अदालत ललितपुरमा म्याद थप हुने प्रहरीले जनाएको छ ।

२०७६ भदौ ८ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: