A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार आरोपी फरार प्रकरण : चार विद्यार्थीसहित पाँच पक्राउ

जवरजस्ती करणी मुद्दाका अभियुक्त फरार भएपछि उनको मोवाइल कल डिटेल आधारमा पाँच जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा सिरहा औरहीका प्रमेश यादव, ठैंगहीका सुर्यनारायण यादव, बसपिट्टाका राजकुमार यादव र अर्नमाका रामप्रकाश यादव छन्। एक जना फरार अभियुक्त सिरहा अर्नमाका राममणी यादवका भिनाजु रहेपनि उनको नाम र ठेगाना प्रहरीले खुलाएका छैन्। पक्राउ परेका प्रमेश, सुर्यनारायण र राजकुमार जनकपुरमा ओभरसियर पढ्दै छन्। जनकपुस्थित सेन्ट्रोल कलेजमा अध्ययनरत उनीहरु परीक्षाबाट समेत बञ्चित भएको एक अभिभावकले जानकारी दिए। उनका अनुसार प्रहरीले हिरासतमा परीक्षा दिन मिल्दैन भनेर बञ्चित गराएका छन्। जनकपुरकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा गत बिहीबार ओभरसियर पढिरहेका २० वर्षीय राममणी यादव पक्राउ परेका थिए। उनलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा परिसरमै रहेको मुद्दा फाँटमा अनुसन्धानका लागि लगेका बेला फरार भए। अहिलेसम्म उनी फेला परेका छैन्। यादव फरार भएपछि प्रहरी आफू फस्न लागेपछि फोनमा कुरा भएकै आधारमा विद्यार्थीहरुलाई हिरासतमा लिएर पावरको दुरुपयोग गरेको एक अभिभावकले बताए। उनले भने, ‘मेरो भाई पक्राउ परेको हो।  भेट्न जाँदा भेट्न दिएका छैन।’ उनले अनुसन्धानको नाममा विद्यार्थीहरुलाई दुःख दिएको गुनासो समेत पोखे। यता, धनुषाका एसपी शेखर खनालले पक्राउ परेका पाँचै जनाले फरार भएका यादवलाई आश्रय दिएको दाबी गरेका छन्। उनले उनीहरुमाथि शान्ति कसुर मुद्दामा कारबाही प्रक्रिया अगाडी बढाएको समेत बताए। हिरासतमा परीक्षाबाट बञ्चित हुनु सामान्य कुरा भएको उनको भनाइ छ। उनका अनुसार यादब फरार भएकोमा दोषी देखिएको प्रहरी सहायक निरीक्षक रामकुमार भण्डारीलाई निलम्बन गरिएको छ। अन्य दर्जनौं प्रहरीमाथि समेत अनुसन्धान भइरहेको छ। घटनाको छानविन गर्न डिएसपी रामेश्वर कार्कीको संयोजकत्वमा ५ सदस्य छानविन समिति गठन गरिएको छ।

२०७६ भदौ ४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: