A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका हत्या आशंकामा ६ जना पक्राउ

विराटनगर ८ बलुवाहीस्थित सिंघीया खोला किनारमा मृत भेटिएकी बालिकाको हत्या भएको आशंका भएपछि प्रहरीले छ जनालाई पक्राउ गरेको छ। शंकास्पद अवस्थामा बालिकाको शव खोलामा भेटिएको र टिभि हेर्न छिमेकीको घरतर्फ जाँदा १३ वर्षीया रुपमति दास बाटोबाटै हराउनुले कर्तव्य गरी हत्या भएको आशंका बढेको हो। हत्यामा संलग्न हुनसक्ने आशंकामा प्रहरीले सोमबार घटनास्थल आसपासका ६ जनालाई नियन्त्रणमा लिएको हो। शंकास्पद रुपमा बालिकाको हत्या भएको छ’ मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भने, यस घटनामा हामीले थुप्रैसँग सोधपुछ गरेका छौं। प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको नाम भने खुलाको छैन। अहिले घटना अनुसन्धानकै क्रममा छ अहिले नै कुनै प्रतिक्रिया दिन सक्ने अवस्था भने नरहेको प्रहरीले जनाएको छ। यस घटनामा मोरङ प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरले छुट्टा-छुट्टै अनुसन्धान अगाडि बढाएको छ। पोस्मार्टम पछि प्रहरीले शव परिवारलाई बुझाएको छ। जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले पोष्टमार्टम सम्पन्न भए पनि रिपोर्ट आउन केही समय लाग्ने जानकारी दिए। रिपोर्ट आएसँगै अनुसन्धान थप अघि बढ्ने उनको भनाई छ। बालिका मृत्युको घटनालाई गम्भीर रुपमा लिएर हरेक कोणबाट अनुसन्धान अघि बढाएको श्रेष्ठले बताए। स्थानीयबासीले भने रुपमतिको बलात्कारपछि हत्या भएको आशंका गरेका छन्। ११ वर्षीया बालिका रुपमति दासको शव आइतबार दिउँसो घरभन्दा ५०० मिटर दक्षिणपूर्व सिंघीया खोलामा निर्वस्त्र अवस्थामा भेटिएको थियो।

२०७५ माघ १४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: