A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session68shbmit0douokbrc8oj11m07gcar3rd): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

निःशुल्क टयुसन कक्षा पाएपछि विद्यालय जान थाले मुसहर बालबालिका

धनगढीमाई नगरपालिका १३ भर्लेनीका रमेश सदायको उमेर १० वर्ष भए पनि कक्षा १ मै पढ्छन्। जन्मदर्ता प्रमाण पत्र नहुँदा उनी विद्यालयमा पढ्न कहिलेकाही गए पनि भर्ना भएका थिएनन्। सोही उमेरका रन्जन र सरिता सदाय कक्षा ५ मा पढ्छन्। सदायको भर्ना भए पनि नियमित विद्यालय जादैँन थिए। अभिभावक दिनभरी मजदुरी गर्न बाहिर जाँदा उनीहरु खेलेर समय बिताउने गरेका थिए। पछिल्लो समयमा वडा कार्यालयले दलित बालबालिकालाई निःशुल्क जन्मदर्ता र ट्युशन कक्षाको व्यवस्था गरिदिएपछि उनीहरु नियमित रुपमा विद्यालय गएर पढ्न थालेका छन्। गत आर्थिक वर्षमा वडा कार्यालयले दलित जनकल्याण युवा क्लबको सहयोगमा निःशुल्क ट्युशन कक्षा सञ्चालन गर्नका लागि सदाय दलित पाहुना तथा बाल भवन निर्माण गरिदिएका छन्। वडाले नै मासिक ६ हजार भत्ता दिएर एक जना शिक्षक नियुक्त गरेका छन्। अभिभावक काममा जाँदा खाली समय खेलेर नै बिताउने गरेका दलित बालबालिकाले अब त्यो समयमा ट्युसन पढ्न थालेपछि विद्यालयमा पनि नियमित भएको वडा अध्यक्ष सुर्यमान तामाङ्गले बताए। भवन निर्माणका लागि वडा कार्यालयको ३ लाख ७५ हजार , दलित जनकल्याण युवा कल्बले एक लाख र जनश्रमदानबाट २५ हजार खर्च लागेको थियो। ट्युसन कक्षामा ४३ जना बालबालिका पढ्ने गरेको उनीहरुलाई पढाउने शिक्षक शिवनाथ रामले बताए। सबै बालबालिका आधारभुत विद्यालय भर्लेनीका हुन्। शिवनाथ कक्षा १२ सम्म पढ्का छन्। अहिले कम्प्युटर विषयमा डिप्लोमा गरिरहेको उनले बताए। ‘बिहान आफु पढ्छु र दिउँसो ३ बजेदेखि ५ बजेसम्म ट्युशन पढाउँछु,’ उनले भने,‘ट्युशन कक्षाले दलित बालबालिकामा परिवर्तन आएको छ।’ उनका अनुसार ४५ घरधुरी मुसहर समुदायका बालबालिका पढ्न थालेको छ। उनी मुसहर बालबालिकालाई ९ महिनादेखि पढाई रहेका छन्। सुरु सुरुमा मुसहर बालबालिकालाई विद्यालय पठाउन हम्मे हम्मे परेको वडा अध्यक्ष तामाङले सुनाए। ‘विद्यालयमा भर्ना गराए पनि पढ्न नियमित जाँदैन थिए, उनले भने,‘त्यसपछि उनीहरु पढ्नलाई आकर्षित हुन् भनेर निःशुल्क रुपमा ट्युशन कक्षा सञ्चालन गरेँ।’ बालबालिकालाई विद्यालयमा नामाकंन गराउन पनि प्रहरी गाउँमा ल्याउर सचेत गराएपछि अभिभावकहरुले आफ्नो बालबालिका विद्यालयमा पठाउन थालेको उनले सुनाए। समय समयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री पनि सहयोग गरेको उनले जानकारी गराए। यस टोलको मुसहर बस्तीमा सबैभन्दा बढी पढ्ने अर्जुन सदाय हुन्। उनी कक्षा ८ मा पढ्छन्। उनैको अगुवाइमा भवानी बाल कल्ब गठन गरिएको छ। जसमा २५ जना बालकालिका आवद्ध रहेका छन्। रेखदेखका लागि फुलेश्वरीदेवी सदायको अध्यक्षतामा भवन निगरानी समिति पनि बनाइएको छ। फुलेश्वरीको पनि छोराहरु रन्जन कक्षा ५, धिरज कक्षा २ र छोरी श्रृजना कक्षा १ मा पढ्दै छन्। उनीहरु ट्यसन पाएपछि विद्यालय नियमित जान थालेको उनले सुनाइन्।

२०७५ फागुन ३० गते ७:०५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: