A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session3qv24ng5dge6g3q1rk4c2odrqr9sud7i): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रदेश २ का विद्यालयमा १० बजेदेखि नै पढाउन निर्देशन

प्रदेश २ मा विद्यालय र शिक्षक भएपनि बालबालिकाले नियमित पढ्न पाइरहेका छैनन् । कक्षा नियमित नचल्ने र चले पनि समयमा नचलेको पाइएपछि प्रदेशको शिक्षा विकास निर्देशनालयले प्रदेशका सबै विद्यालयलाई पत्र काट्दै निर्धारित समयसम्म कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । प्रदेशका केही विद्यालय अनुगमन गर्दा विद्यालय बिहान १० बजे खोलिए पनि कक्षा १०ः३० देखि पढाइ सुरु भएको भेटियो’ निर्देशनालयका प्रमुख रमाकान्त शर्माले भने, ‘यसले पाठ्यक्रमको पाठ्यभार सम्पन्न हुन गाह्रो हुन्छ । प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धी वृद्वि गर्न तोकिएको समय पूर्ण सदुपयोग गर्नका लागि निर्धारित समयसम्म कक्षा संचालन गर्न पत्राचार गरिएको उनले बताए।विद्यालयहरुलाई पठाइएको पत्रमा विद्यालयमा विद्यार्थी ९ः४५ बजे उपस्थित हुने, ९ः४५ मा पहिलो घण्टी लगाई छरिएका विद्यार्थीलाई लाइनमा लाग्न जनाउ दिने, ९ः५० मा दोस्रो घण्टी लगाइ लाइनमा लगाई पिटी, राष्ट्रिय गीत गाउने, सूचना सम्प्रेष्ण गर्ने लगायतका कार्य सकी ठीक १० बजे कक्षामा शिक्षक र विद्यार्थी उपस्थित भई शिक्षण सिकाइ सुरु गर्नुपर्ने उल्लेख गरिएको छ । यदि यसरी कक्षा थालनी गर्न सम्भव नभए १०ः१५ बजेसम्म पनि अनिवार्य रुपमा कक्षाहरु शुरुवात गर्नेगरी समय व्यवस्थापन गर्न पत्रमा भनिएको छ ।

शुक्रबार पनि चार बजेसम्म सञ्चालन गर्नुपर्ने

निर्देशनालयले विद्यालयलाई पठाएको पत्रमा शुक्रबार पनि दिउँसो ४ बजेसम्म विद्यालय संचालन गर्न भनेको छ । अनिवार्य रुपमा विद्यालय सञ्चालन गरी समुदायमा भएका बिभिन्न क्षेत्रका प्रतिभा, अनुभवी र विज्ञहरु समेतको सहयोग लिई सम्पूर्ण शिक्षक विद्यार्थीको सहभागितामा सह क्रियाकलापहरु गर्न अनुरोध छ’ पत्रमा भनिएको छ ।

२०७५ माघ २३ गते ७:३५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: