A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कम उमेरमा सुत्केरी हुने क्रम रोकिएन, छ महिनामा १७२ जना बने आमा

शारदा नगरपालिका–१४ बरलाकी शोभा विष्ट बुढाथोकी १७ वर्षमै आमा बनिन्। कक्षा ८ मा पढ्दा पढ्दै उनले गाउँकै कृष्ण बुढाथोकीसँग प्रेम विवाह गरिन्। विवाह गर्ने उमेर नपुग्दै उनी आमा बनिन्। आमा बनेसँगै उनको माथिल्लो कक्षा पढ्ने सपना अपूरो नै रह्यो। यस्तै, शारदा नगरपालिका–१० मदानाकी १८ वर्षीया पुष्पा बोहरा पनि आमा बनेकी छन्। एसइई दिएपछि एक वर्षअघि प्रेम विवाह गरेकी उनी आमा बनेपछि त्यसभन्दा माथिल्लो कक्षामा पढ्न पाइनन्। शोभा र पुष्पा मात्र होइन, सल्यानमा सयौं जना उमेर नपुगी विवाह गरी आमा बन्ने किशोरी छन्। सानै उमेरमा प्रेममा परी विवाह गर्ने प्रचलन छ। यसरी उमेरअघि नै आमा बन्दा पढाइ मात्र छुटेको छैन, उनीहरुको स्वास्थ्यमा सुमेत प्रतिकूल असर परेको जिल्ला अस्पताल सल्यानकी नर्स कोपिला पुनले बताइन्। उनले भनिन्, आज मात्रै हामीले पाँच महिलालाई सुत्केरी गरायौं। तीमध्ये तीन जना २० वर्षमुनि कममा छन्। सानै उमेरमा आमा बन्दा आमा र शिशु दुवैको स्वास्थ्यमा समस्या हुने चिकित्सकहरु बताउँछन्। नर्स पुनले भनिन्, ‘कम उमेरका आमालाई धेरै रगत बग्ने, सुन्निने, पाठेघर खस्ने, पिसाव चुहिने समस्या हुन सक्छ। कम उमेरमा आमा बनेकाहरुमा शारीरिकसँगै मानसिक र सामाजिक समस्या हुने जिल्ला अस्पताल सल्यानका डा.अर्जुन बुढाले बताए। शारीरिक परिपक्कता नहुने हुनाले कम उमेरमै बच्चा जन्माउँदा मृत्यु पनि हुन सक्ने सम्भावना हुन्छ डा। बुढाले बताए। कम उमेरमा बच्चा जन्मनु, समय नपुगेरै वा कम तौलको बच्चा जन्मने सम्भावना पनि धेरै हुने उनको भनाइ छ। चालु आर्थिक वर्षको पुस १५ सम्म जिल्ला अस्पतालमा मात्रै ६१७ सुत्केरी भएको तथ्यांक छ। जसमध्ये १७२ कम उमेरका रहेका छन्।

२०७५ पुस २२ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: